बेस कार्यालयमा एक ब्यक्तिको शव फेला

Dadth body baby

दाङ । सडेको अवस्थामा एक ब्यक्तिको शव फेला परेको छ ।

दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं.६ सिद्धेश्वरी टोल नजिकै अञ्दाजी ५० बर्ष ब्यक्तिको शव फेला परेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

शव सडिसकेकाले एकहप्ता अघिको हुन सक्ने ईलाका प्रहरी कार्यालय तुुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए । उनका अनुसार अनुसार कोही नबस्ने खाली घरमा मृत्यु भएकाले पनि लामो समय सम्म उनको शब फेला पर्न नसकेको हो ।

केटाकेटी खेल्ने क्रममा शुक्रबार साँझ ५ बजेटिर शब फेला पारेका थिए । उनी लामो समय देखि त्यही घरमा बस्दै आएको र मागेर दैनिकि चलाउँदै आएको स्थानीयले बताएका छन् ।

उनको नाम, ठेगाना भने खुल्न सकेको छैन् । सोही घरमा यस अघि बेस कार्यालय बसेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...