घरबाट बाहिर निस्कदा सार्वजनिक शौचालय प्रयोग गर्नुहुन्छ ? सावधान !

Sarwajanik sauchalaya

काठमाडौं । सार्वजनिक शौचालयको प्रयोग नगरी सुखै छैन । सिनेमा घर, सपिङ मल, कार्यालय जस्ता स्थानमा सार्वजनिक शौचालय सफा देखिए पनि अधिक मात्रामा कीटाणु पाइने गरेको छ । जसको संक्रमणबाट बिभिन्न किसिमका रोगको संक्रमण हुनसक्ने खतरा रहन्छ । सार्वजनिक शौचालय प्रयोग गर्दा कसरी सावधान हुने त ?

१. शौचालय गइसकेपछी हरेक पटक पानीले मात्र नभई साबुन लगाएर कम्तीमा २० सेकेन्ड सम्म औलाको कुना, नङ मिचेर धुन पर्छ ।

२. हात धोएपछी शौचालयको ढोका खोल्न टिस्यु पेपरको प्रयोग गर्न सकिन्छ । किनकी ढोकाको चुक्कुल र ह्यान्डलमा धेरै किटाणु हुने गर्दछ ।

३. जीवाणुनासक वाइप साथमै बोक्न सकिन्छ जसले शौचालयको सिटमा बस्दा वाइपले पुछेर बस्न सकिन्छ ।

४. फ्लस बटन दबाउदा पनी हातमा सुरक्षा अपनाउन पर्दछ ।

५. किटाणुहरु हाम्रो सामान्य आंखाले देख्न सकिन्न तसर्थ फ्लस गर्दा किटाणु माथि उड्ने हुँदा सिटको ढकन बन्द गरेर मात्र फ्लस गर्नु पर्दछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...