स्वास्थ्य शिविरमा लिए १ सय ७१ जनाले सेवा

Dkt shibir

धनकुटा । धनकुटा नगरपालिका वडा नं. ९, बेलहराका ७१ वर्षीय नैनबहादुर भण्डारी विहीबार निक्कै दंग थिए ।

उनी बिहीबारभन्दा अघिसम्म दाइने हातको अभावमा समस्या झेल्दै आएका थिए । तर, उनले क्रितिम हात पाएका छन् । उनलाई क्रितिम हातको व्यवस्था गरिदिएको थियो स्वास्थ्य शिविरले ।

बुधबारदेखि धनकुटामा सुरु भएको बृहत निःशुल्क स्वास्थ्य शिविरमा एकै दिन १ सय ७१  दिन १ सय ७१ जनाले स्वास्थ्य सेवा प्रत्यक्ष रुपमा पाए । शल्यक्रिया शिविरमा ११ जनाको ठूला शल्यक्रिया (मेजर अप्रेशन) र (माईनर अप्रेशन) साना खालको शल्यक्रियाका लागी २७ जनाको स्वास्थ्य परिक्षण गरी १९ जनाको शल्यक्रिया गरिएको थियो ।

त्यसैगरी आज १ सय ३३ जनाको दातको उपचार गरी जम्मा १ सय ७१ जनाले प्रत्यक्ष स्वास्थ्य सेवा पाएको शिविर व्यवस्थापन तथा संचालन समितिका संयोजक रोशेष श्रेष्ठले बताए ।

पहुँचविहीनहरुका लागि धनकुटा अस्पतालमा संचालन गरिएको शिविरमा सुरु भएको पहिलो दिन ११ जनाको मेजर अप्रेशन भएको थियो भने १४ जनाको माईनर अप्रेशनका लागि स्वास्थ्य परिक्षण गरिएको थियो । सोही दिन ७२ जनाको दातको उपचार गरिएको शिविर व्यवस्थापन समितिका सचिव विजय सन्तोषी राईले बताए ।

बृहत निशुल्यक शल्यक्रिया स्वास्थ्य शिविरमा विशेषज्ञ अमेरिकन डाक्टरहरुद्धारा पितको पत्थरी, पाठेघर, हर्निया, हाईडोसिल, पायल्स, गाठागुठीको शल्यक्रिया, दातको उपचार, कृतिम हात वितरण गरिँदै आएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको महालक्ष्मी नगरपालिकाको बाटो हुँदै नीजि स्कुलका बस गुड्न नपाउने, विद्यार्थी लैजान पनि नपाउने

Mahalxmi nagarpalika dkt

धनकुटा । सामुदायीक विद्यालयहरुको शैक्षिक अवस्था खस्किँदै गइरहेका बेला धनकुटाको महालक्ष्मी नगरपालि...