राजपा नेता भन्छन्, द्वन्द्व चर्काउने प्रचण्डको रणनीति हो

Brikhesh chandra lal

काठमाडौं । बिहीबार काठमाडौं राजपा नेपालका उपाध्यक्ष वृषेशचन्द्र लालले भने, ‘प्रचण्डले आफू सत्तामा जाने दाउमा संघ र प्रदेशबीच द्वन्द्व चर्काउने रणनीति लिएका छन् । यो सरकार बदनाम होस् भन्ने उनको चाल छ । अनि मेरो पालो आउँछ भन्ने प्रचण्डले सोचेका छन् ।’

मंगलबार जनकपुर पुगेर नेकपाका अध्यक्ष प्रचण्डले भनेका थिए, ‘मुख्यमन्त्रीज्यू, तपाईँ ओभरटेक गर्न चाहनुभयो भने दुर्घटनाको खतरा हुन्छ’ प्रचण्डले भने, ‘म तपाईँको मागप्रति गम्भीर छु । संवेदनशील छु । तर ओभरटेक नगर्नुस् ।’

प्रचण्डले दिएको सो अभिव्यक्तिलाई राजपाका नेताले धम्कीपूर्ण भएको अथ्र्याएका छन् । उनले नेकपाका अध्यक्ष प्रचण्डले जनकपुरमा गएर प्रदेश सरकारलाई ‘ओभरटेक’ नगर्न दिएको निर्देशनलाई धम्कीको संज्ञा दिएका छन् ।

‘प्रचण्डको भनाईलाई हामीले गम्भिर रुपमा लिएका छौं । यो प्रचण्डको हामीलाई धम्की हो । उहाँले सल्लाह वा सुझाव दिनुभएको होईन्’ बिहीबार रिपोर्टर्स क्लबले गरेको कार्यक्रममा उनले भने, ‘संघीय सरकारले संविधानबमोजिम काम गर्छ कि गर्दैन, यदि संघीय संरचना तोड्न खोज्यो भने हामी मुकाविला गर्न तयार छौं । मधेशी जनता मुकाविला गर्न तयार छन् ।’

प्रचण्डले जनकपुरको त्यही सभामा आफू मधेशी जनताको मागप्रति गम्भिर रहेको तर वर्तमान सरकारको नेतृत्व गरेर बस्नेहरु नभएको भन्ने अभिव्यक्ति दिएको पनि उनले सुनाए । उनले भने, ‘द्वन्द्व चर्काउने प्रचण्डको रणनीति हो । त्यही अनुसार उनले जनकपुरमा ओभरटेक नगर्न भनेर धम्की दिएका हुन् ।’

उनले मुलुकमा अराजकताको स्थिति आयो भने यसको सम्पूर्ण जिम्मेवारी संघीय सरकारको हुने समेत बताए । ‘द्वन्द्व चर्काउने प्रचण्डको रणनीति हो । त्यही अनुसार उनले जनकपुरमा ओभरटेक नगर्न भनेर धम्की दिएका हुन्’ उनले भने ।

उनले यथाशक्य चाँडो अन्तर प्रदेश परिषदको बैठक डाक्नसमेत प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरे । उनले भने, ‘अहिलेसम्म अन्तर प्रदेश परिषदको बैठक भएको छैन । प्रधानमन्त्रीजी यसमा चुक्नुभयो । अब विलम्ब नगरी बोलाउनुपर्छ ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...