‘सफा हात, मेरो स्वास्थ्य’ नारासहित विश्व हात धुने दिवस मनाइदैं

Global handwashing day emblem 4rldyf2a32

काठमाडौं । सफा हात, मेरो स्वास्थ्यको आधार भन्ने नारासहित आज विश्व हात धुने दिवस मनाईंदैछ । हरेक वर्षको अक्टोबर १५ तारिखमा हात धुने दिवस मनाउने गरिएको छ ।

यसवर्षको दिवस हात धुने र खाना बीचको सम्बन्धमा केन्द्रित भई खाद्य स्वच्छता र पोषणसँग जोडिएको छ । हरेक पटक खाना खानु र खुवाउनु अघि तथा खानेकुरा पकाउनु र बाड्नु अघि सफा पानी र साबुनले हात धुन जोड दिइएको छ ।

यस्तै खानालाई सुरक्षित राख्न र सरुवा रोगको जोखिम कम गरी बालबालिकाको स्वास्थ तरिकाले हेरचाह गर्न पनि यसपालिको दिवसले जोड दिएको छ ।

सरसफाइ र खानेकुरामा ध्यान नदिँदा नेपालमा बर्सेनि झण्डै ५ हजार बालबालिकाको ज्यान जाने गरेको तथ्याङ्क छ । खाना बनाउनु, बाँड्नु, खानु र खुवाउनु पहिले नियमित रुपमा साबुनपानीले हात धोएमा झाडापखालाबाट हुने बालबालिकाको मृत्यु आधाले, निमोनियाबाट हुने मृत्युलाई एक तिहाइले र सुत्केरीको समयमा हुने मृत्युलाई एक चौथाइले घटाउन सकिने खानेपानी मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...