उमेर नपुग्दै हड्डी कमजोर हुने समस्या के हो ?

Dr biplop kjwd6qosuq

काठमाडौं । हड्डी शरीरको महत्वपूर्ण अङ्ग हो। अर्थात् शरीरको पिलर हो, जसले शरीरलाई मजबुत बनाएको हुन्छ । हड्डीले शरीरभित्रको महत्वपूर्ण अङ्गलाई बाहिरी चोटबाट बचाउँछ ।

जन्मेको १८ देखि २० वर्षसम्ममा हाम्रो शरीरमा ९० प्रतिशत हड्डीको विकास भइसकेको हुन्छ । त्यसपछि यसको विकास हुने क्रमस्थिर रहन्छ ।

उमेर बढ्दै जाँदा हड्डी कमजोर हुन थाल्छ । पुरुषको ५० वर्ष उमेर कटेपछि र महिला ४५ वर्षपछि, अझ भनौं महिनावारी रोकिएपछि तीव्र रुपमा हड्डीकोघनत्व कम भएर कमजोर हुन थाल्छ ।

उल्लेखित उमेर समूहका व्यक्ति धरैजसो हड्डी भाँचियो भनेर आउनुहुन्छ । उहाँहरुलाई उमेरनपुग्दै किन हड्डी कमजोर भयो भन्ने थाहा नै हुँदैन । त्यसको कारण ओस्टियोपोरोेसिस हुन्छ ।

ओस्टियोपोरोेसिस हड्डीको एउटा यस्तो अवस्था हो, जुन उमेरको तुलनामा हड्डी कमजोर भई भाँच्चिने जोखिम बढी हुनु हो । अर्थात् हड्डीको भित्री भाग धमिराले काठलाई खाएर कमजोर बनाएझैं हुनु हो।

पुरुषको तुलनामा महिलाको हड्डी धेरै छिटो र दोब्बर गतिमा कमजोर हुन थाल्दछ । सामान्य अवस्थामा पनि पुरुषको भन्दा महिलाको हड्डी १० प्रतिशतले कमजोर हुन्छ । यसको मुख्य कारण महिलाको हर्मोन हो ।

किन हुन्छ ओस्टियोपोरोेसिस ?
यो दुई किसिमको हुन्छ । एउटा ओस्टियोपोरोेसिसको कारण नै थाहा हुँदैन । जसलाई प्राइमरी कारण भनिन्छ । शारिरीक अभ्यास नगर्नेलाई, धूमपान÷मद्यपान गर्नेहरुलाई पनि ओस्टियोपोरोेसिस हुन्छ, यो भने सेकेन्डरी कारण हो ।

हड्डीविभिन्न कारणले कमजोर हुन सक्छ । मुख्य कारण उमेर नै हो । करिब ७० प्रतिशत वंशाणुगत कारणले हुन्छ । आमाबाबु वा अघिल्लो पुस्तामा कसैलाई ओस्टियोपोरोेसिस छ भने पछि जन्मने सन्तानमा पनि ओस्टियोपोरोेसिस हुने सम्भावना बढी हुन्छ । हड्डीमा स–साना छिद्र हुन्छन् । उमेर बढ्दै जाँदा छिद्रहरु पनि ठूला हुँदै जान्छन् । जति छिद्र ठूलो हुन्छ, हड्डी पनि कमजोर हुँदै जान्छ । ती छिद्रबाट रगत, पानीको सर्कुलेसन हुन्छ । उमेर बढ्दैछिद्र पनि बढ्दै जाने हुनाले घनत्व कम भई भाँच्चिने सम्भावना हुन्छ ।

उमेरअनुसार मानिसको तौल बढी भयो, दीर्घ रोग जस्तै– मधुमेह, छारेरोगको औषधि खाने बिरामी, मुटुरोग, मिर्गौला रोग, थाइराइड भएका व्यक्तिको हड्डी कमजोर हुन्छ । यस्ता बिरामीको हड्डी पनि सामान्य कारणले भाँच्चिने जोखिम धेरै हुन्छ ।

लक्षण
ओस्टियोपारोेसिस भएको निकै ढिलो पत्ता लाग्छ । यसको पहिलो लक्षण भनेको जोर्नी दुखाइ हो । कम्मर, हिप, मेरुदण्डको मन्द दुखाइ लामो समयसम्म हुन्छ । दोस्रो मानिस विस्तारै कुप्रो हँुदै जान्छ । मेरुदण्ड भाँच्चिने, कम्मर, हिपको हड्डी भाँच्चिने हुन्छ । महिलामा सबैभन्दा बढी नाडी भाँच्चिन्छ । महिनावारी रोकिएपछि नाडीको जोर्नी भाँच्चिएर आउने धेरै हुन्छन् ।

उपचार
ओस्टियोपारोेसिस एक्स–रेमा पनि २०देखि ३० प्रतिशतसम्म हड्डी खिइएपछि मात्र थाहा हुन्छ । त्यसपछि तौल लिएर गर्ने व्यायाम,क्याल्सियम र भिटामिन डीका औषधि दिइन्छ । तर, यी औषधि लामो समय खान भने हुँदैन । चिकित्सकको सल्लाहअनुसार मात्र खानुपर्छ । ती औषधिले हड्डी खिइने क्रम रोकी हड्डी बलियो बनाउने तत्वको विकासमा सहयोग पु¥याउने गर्छ। चिकित्सकले आवश्यकताअनुसार खाने औषधिका साथै इन्जेक्सन पनि दिने गर्छन् ।

रोकथाम
ओस्टियोपोरोेसिसबाट बच्ने राम्रो उपाय भनेको स्वस्थ खाना खाने, शारीरिक व्यायाम गर्ने, धूमपान नगर्ने, मद्यपान नखाने, क्याल्सियम, भिटामिन डीयुक्त खानेकुरा खाने, तौल सन्तुलन राख्ने गर्नुपर्छ । किनकि उमेर बढ्दै जाँदा ओस्टियोपोरोेसिस हुने क्रम बढ्ने भएकाले लक्षण देखिनासाथ चिकित्सककहाँ जँचाउनुपर्छ । केही विशेष खालका व्यायाम हुन्छन्, जुन चिकित्सकको परामर्शअनुसार गर्नुपर्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...