के तपाई गर्भ निरोधक औषधी खानुहुन्छ ? सावधान !

Baby stoping

काठमाडौं । प्रायजसो महिलाहरु नचाहेको गर्भबाट बच्नको लागि गर्भनिरोधक औषधी प्रयोग गर्ने गर्छन् । तर यस्ता चक्कीहरुको कारणले साइड इफेक्ट पनि हुनसक्छ । त्यसैले यस्ता औषधीहरु डाक्टरको सल्लाहमा मात्र प्रयोग गर्नुपर्छ ।

२६ बर्षकी फिटनेस ट्रेनर कट्रिना परेरालाई अचानक तल्लो पेटमा पिडा भयो र वान्ता पनि हुन थाल्यो । अचानक आएको समस्याहरुबाट कट्रिना दिक्क भईन् । बिस्तारै बिस्तारै कट्रिनाको कुनै पनि अङ्गले काम गर्न सकेन ।

क्रिसमसको समयमा बिरामी भएकी कट्रिनालाई महिनौँ हस्पिटलमा भर्ना गर्नुप¥यो । ८ महिनापछि बल्ल उनको प्रतिरक्षा प्रणालीमा समस्यमा आएको थाहा भयो । उनले खाएको गर्भनिरोधक औषधीले रगतमा ब्याक्टेरियाको मात्रा मिसिएको थियो । त्यसैकारण उनलाई प्यारालाईसिस भयो ।

अहिले कट्रिना पूर्णतया ठिक नभएता पनि केहि हदसम्म ठिक भईसकेकी छिन् । कट्रिनालाई फिटनेस ट्रेनरको सहयोगले ठिक पारिएको हो ।

प्रतिकृया दिनुहोस