विश्व जनसंख्याको एक चौथाईको जीवन जोखिममा

Yog

काठमाडौं । विश्व जनसंख्याको एक चौथाई शारीरिक कसरतका कार्यमा बिल्कुलै पछि रहेको तथ्यांक छ विश्व स्वास्थ्य संगठनको ।

सन् २००१ देखि शारिरीक कसरत गर्ने व्यवहारमा कुनै पनि उल्लेख्य प्रगति गराउन नसकेको तथ्यांक देखाउँदै विश्व स्वास्थ्य संगठनले १ अर्ब ४० करोड विश्वको जनसंख्यामा विभिन्न स्वास्थ्य समस्या देखिन थालेकोमा सजग गराएको छ ।

शारिरीक कसरतको अभावमा अहिले विश्वमा मधुमेह टाइप-२, मुटुुरोग र केही क्यान्सर जस्ता विभिन्न नसर्ने दीर्घरोगहरु वृद्धि भइरहेको विश्व स्वास्थ्य संगठनको दाबी छ । यो तथ्यांकले विश्वमा हरेक चारमध्ये १ को जीवन जोखिममा रहेको निष्कर्ष निकालेको छ । द ल्यासेन्ट पब्लिक हेल्थका लागि अध्ययन प्रतिवेदन सार्वजनिक गर्ने क्रममा विश्व स्वास्थ्य संगठनका अनुसन्धानकर्ताले विश्वका १ सय ६८ देशका नागरिकको व्यवहार अध्ययन गरेको थियो ।

अध्ययन प्रतिवेदनअनुसार, उच्च आम्दानी भएका बेलायतसहितका देशका नागरिकसमेत शारिरीक व्यायामका विषयमा अत्यन्तै कम सक्रिय रहेको पाइएको छ । अझ अचम्म त प्रतिवेदनमा के छ भने, एसियाका पूर्वी र दक्षिण पूर्वी दुई क्षेत्रबाहेक विश्वका सबै देशका महिलाहरुको शारिरीक कसरतमा निष्क्रियता बढेको छ ।

बेलायत र अमेरिका जस्ता उच्च आय भएका मुलुकमा व्यायामको सवालमा निष्क्रिय रहने बानी सन् २००१ मा ३२ प्रतिशत रहेकामा बढेर ३७ पुगेको छ भने कम आय भएका मुलुकमा १६ प्रतिशतमा स्थिर छ । यो तथ्यांकलाई आधार मान्दै अनुसन्धानकर्ताले सन् २०२५ सम्म शारीरिक व्यायाम र सक्रियतामा १० प्रतिशत वृद्धि गर्ने विश्व स्थास्थ्य संगठनको लक्ष्य पूरा नहुने चेतावनी दिएका छन् ।

विश्व स्वास्थ्य संगठनले भने विश्वभरका मानिसमा बढिरहेको निष्क्रियताका कारण जनस्वास्थ्यमा गम्भीर असर पर्नेतर्फ सचेत रहन आग्रह गर्दै आएको छ ।

शारिरीक कसरतमा निष्क्रियताको आधारमा अगाडि रहेका देशहरु
– कुबेतः ६७ प्रतिशत
– साउदी अरेबियाः ५३ प्रतिशत
– इराकः ५२ प्रतिशत
– युगाण्डा र मोजाम्बिकः ६ प्रतिशत

१९ वर्षदेखि ६४ वर्षसम्ममा गर्नु पर्ने व्यायामका सुझावहरु

कति गर्ने ?
– हरेक हप्ता कम्तीमा १५० मिनेटको मध्यम एरोबिक अथवा ७५ मिनेटको भारी व्यायाम
– शरीरका हरेका मांशपेशीमा बल पुग्ने गरी भारी व्यायाम कम्तीमा हप्ताको दुई दिन
– लामो समयसम्म बसेर कार्य गर्नेहरुले समय समयमा हल्का कसरत गर्ने

मध्यम एरोबिकमा के के पर्छ ?
– छिटो छिटो हिँड्ने
– थोरै उकालोमा साइकल चलाउनु
– डबल टेनिस खेल्नु
– हाइकिङ
– भलिबल, बास्केटबल खेल्नु

भारी कसरतहरु
– जगिङ वा दौडनु
– छिटो पौडिनु
– उकालोमा छिटो साइकल चलाउनु
– फुटबल, रग्वी, हकी खेल्नु
– डोरी खेल्नु
– मार्शल आर्टस्

मांशपेशी बलियो बनाउने कसरतहरु
– वजन उठाउनु
– पुस अप वा सिट अप जस्ता आफ्नै शरीरको वजनलाई बल दिएर गरिने कसरत
– खन्ने, जोत्ने जस्ता बागवानी वा खेतीका कार्य
– योगा

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...