मासुले क्यान्सर हुने खतरा बढाउँछ

Meat rddaqkpi8h

काठमाडौं । मासुमा धेरै मात्रामा प्रोटिन, मिनिरल र भिटामिन पाइने हुनाले यो स्वास्थ्यका लागि लाभदायिक हो तर धेरै मात्रामा मासु खानाले स्वास्थ्यलाई राम्रो गर्दैन।

प्रशोधिन गरिएका मासुले क्यान्सर हुने खतरा बढाउँछ। सुंगुरको मासु, ससेज आदि प्रशोधित मासुले स्तन क्यान्सरको जोखिम बढाउने एक अध्ययनले देखाएको छ।

अघिल्लो महिनाको अध्ययनको विश्लेषणअनुसार १.२ मिलियन महिलामा नियमित यस्तो मासु खाने महिलाहरुमा स्तन क्यानसरको जोखिम ९ प्रतिशतले वृद्धि भएको पाएको बताएको छ।

विश्व स्वास्थ्य संगठनले गरेको अघिल्लो अध्ययन अनुसार प्रशोधित खानामा ‘कार्कीनोजिन’ पाइन्छ जसको सेवनले विभिन्न प्रकारका क्यान्सर निम्त्याउने गर्दछ।

अध्ययनकर्ताका अनुसार यो व्यवस्थित समिक्षा तथा अध्ययनले प्रशोधन गरिएको मासुको सेवन र स्तन क्यान्सरसँग सम्बन्ध रहन्छ।

हार्वड टिएच च्यान स्कुल अफ पब्लिक हेल्थका डा। मारयाम फार्विद भन्छन् ‘प्रशोधिन गरिएका मासुको कम सेवनले स्तन क्यान्सरबाट हुने खतरा घटाउँछ। ’

तर वैज्ञानिकहरुले आफ्नो आहारविहारमा प्रशोधिन गरिएको मासु नै नखाउ भनेर सल्लाह दिएका छैनन् त्यस्तै गरी विज्ञहरुले यो अध्ययन सावधानीपूर्वक हेर्नुपर्ने बताएका छन्।

युके ओपन युनिर्भसिटीका प्राध्यापक केभिन म्याककोनवे भन्छन् ‘यो अध्ययनले प्रशोशन गरिएका मासुले प्रत्यक्ष रुपमा महिलामा स्तन क्यान्सर गराउँछ भन्ने कुराको धेरै उत्तर दिँदैन।

म्याककोनवे भन्छन् यदि सबैले धेरै बेकन हालिएको स्यान्डविच बढी मात्रामा खाए भने म भन्न सक्दिन की कति मान्छेलाई स्तन क्यान्सरको जोखिम हुन्थ्यो होला त्यसैले यो अध्ययनले त्यो सब जानकारी दिँदैन।

विश्वमा हेर्ने हो भने महिलामा मोटोपन क्यान्सरको प्रमुख कारण मध्ये एक मानिएको छ। अध्ययनका लेखककहरुले स्वीकारेका छन् कि प्रशोधन गरिएका मासु र स्तन क्यान्सरको सम्बन्ध बीच त्यति गहिरो सम्बन्ध छैन।

वल्र्ड क्यान्सर रिसर्च फन्डमा अनुसार विश्वमा महिलामा स्तन क्यान्सर सबैभन्दा बढी हुने क्यान्सर हो र क्यान्सर रिसर्च युकेको अनुमान अनुसार चौथाइ क्यान्सर रोकथाम गर्न सकिन्छ।

युनिभर्सिटी अफ रिडिङ पोषण तथा स्वास्थ्यका सहप्राध्यापक गुन्टर कन्ह्ले भन्छन् प्रशोधन गरिएको मासुमा कोर्कोजिनको मात्रा बढी हुन्छ भनेर पुष्टि भएको छ तर खासमा क्यान्सरको जोखिम एकजनालाई भन्दा पनि जनसंख्याको आधारमा धेरै सान्दर्भिक छ। उनी भन्छन् बेलायतमा एक व्यक्तिलाई दिनमा ७० ग्राम रातो तथा प्रशोधित मासु खाने सिफारिस गरिएको छ, यो अध्ययनले कत्तिको फरक पार्ने हो त्यो कुरामा शंका नै छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको महालक्ष्मी नगरपालिकाको बाटो हुँदै नीजि स्कुलका बस गुड्न नपाउने, विद्यार्थी लैजान पनि नपाउने

Mahalxmi nagarpalika dkt

धनकुटा । सामुदायीक विद्यालयहरुको शैक्षिक अवस्था खस्किँदै गइरहेका बेला धनकुटाको महालक्ष्मी नगरपालि...