राजधानीलगायत देशभरमा पानी प्रयोग गर्दा...

Ww dd

काठमाडौं । उपत्यकामा वितरण हुँदै आएको खानेपानीमा दश प्रतिशत मात्र शुद्धता रहेको अध्ययनले देखाएको छ । बर्खासँगै जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले गरेको अध्ययनले उपत्यकामा वितरण हुँदै आएको ९० प्रतिशत खानेपानीमा फोहोर मिसिएको पाइएको हो ।

राजधानीलगायत देशभरका कतिपय स्थानमा पानीको अभाव छ । निजी ट्यांकरहरूले वितरण गर्दै आएको पानीमा फोहोर पाइएको छ । राजधानीमा प्रयोग भइरहेको पानीमा ६० प्रतिशत कोलिफर्म अर्थात् आँखाले देख्न नसकिने दिसा मिसिएको पाइएको छ ।

मानिसले प्रयोग गर्ने पानी इनार, धारा, ढुंगेधारा, ट्यांकर, जारको पानी र सिपाटोलमा मूलको पानी दूषित देखिएको चिकित्सकले बताएका छन् । दूषित पानीले झाडापखाला, टाइफाइड, आउँ, हैजा (कलेरा), रगतमासी, विभिन्न प्रकारका जुका, हेपटाइटिस ‘ए’ र ‘ई’ लाग्ने गर्दछ ।

दूषित पानीले जन्डिस, आउँ, झाडापखाला तथा हैजाजस्ता पानीजन्य रोग लाग्न सक्छन् । यस्ता रोगबाट बच्न सधैँ शौचालय प्रयोग गर्नुपर्छ । शौचालयवरिपरि टोल र नाला सफा–सुग्घर राख्नुपर्छ । यसो गर्नाले दिसापिसाब र फोहोरका कारण लाग्ने रोगहरूबाट बच्न सकिन्छ ।

खाना खानुअघि, बच्चालाई खाना खुवाउनुअघि, खाना पकाउनुअघि, दिसा धोइसकेपछि, बच्चाको दिसा धोइदिएपछि, फोहोर छोएपछि साबुनपानीले राम्रोसँग हात धुनुपर्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...