‘आँखा सेवा सबैका लागि’ निःशुल्क

Aakha sibir

तुल्सीपुर । ‘आँखा सेवा सबैका लागि’ भन्ने मूल नाराका साथ विश्व दृष्टि दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जअन्तर्गत सञ्चालन भएका ३ वटा आँखा अस्पतालले बिहीबार निःशुल्क उपचार सेवा दिने अस्पताल प्रशासनले जनाएको छ ।

अस्पतालले मोतिविन्दुको निः शुल्क शल्यक्रियादेखि अन्य सेवा निः शुल्क दिने अस्पतालका प्रशासकीय अधिकृत किरण पौडेलले जानकारी दिए ।

त्यस्तै राप्ती आँखा अस्पताल रक्षाचौर तुलसीपुर तथा यस अन्तर्गतका अस्पताल र उपचार केन्द्रले स्थापनाकालदेखि हालसम्म २२ लाख ८३ हजार ९२७ जनालाई आँखा उपचारको सेवा उपलब्ध गराइसकेको र ३ लाख ५४ हजार ९८८ जनालाई निः शुल्क आँखा उपचारको सेवा उपलब्ध गराएको कार्यक्रममा वरिष्ठ प्रशासकीय अधिकृत शम्शेर थापाले जानकारी गराए ।

यसैगरी हालसम्म १ लाख ५४ हजार ४१ जनाको मोतिविन्दुको शल्यक्रिया गरी नयाँ दृष्टि प्रदान गरेको बताइएको छ ।

प्रतिकृया दिनुहोस