कान्ति बाल अस्पतालमा मेघा ब्लड डोनेसन गरियो

Hospital

काठमाडौं । राजधानीको कान्ति बाल अस्पतालमा ‘मेघा ब्लड डोनेसन’ कार्यक्रमको आयोजना गरिएको छ ।

रगत अभावका कारण कुनैपनि बालबालिकाको अकालमा मृत्यु नहोस् भनेर कार्यक्रमको आयोजना गरिएको हो ।

लायन्स क्लब अफ काठमाडौं युनाइटेट, लायन्स क्लब अफ काठमाडौं प्रोफेसनल र लायन्स क्लब अफ काठमाडौं साम्बलाको संयुक्त आयोजनामा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।

कार्यक्रममा संकलित रगत बालबालिकाहरुको उपचारका लागि अस्पताललाई नै बुझाइएको लायन्स क्लब अफ काठमाडौं युनाइटेट ब्लड सर्भिस चिफ लायन्स अनुप थापाले जानकारी दिए ।

लायन्स क्लब अन्तर्रा्ष्ट्रियको १०१ वर्ष पुगेको अवसरमा आफ्नो महत्वाकांक्षी कार्यक्रम ‘न्यू भ्वाइस’मार्फत् नेपालसहित विश्वभर नै सोमबार विभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।


नेपालमा पनि बालबालिकालाई लक्षित गरेर रक्तदानका साथै निःशुल्क आँखा शिविर, मधुमेह, दन्त परीक्षण, खाद्यान्न वितरणलगायतका कार्यक्रमहरु सन्चालन गरिएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको महालक्ष्मी नगरपालिकाको बाटो हुँदै नीजि स्कुलका बस गुड्न नपाउने, विद्यार्थी लैजान पनि नपाउने

Mahalxmi nagarpalika dkt

धनकुटा । सामुदायीक विद्यालयहरुको शैक्षिक अवस्था खस्किँदै गइरहेका बेला धनकुटाको महालक्ष्मी नगरपालि...