यस्ता समयमा प्रयोग गर्नुहुँदैन मोवाइल, सावधान !

Mobile claunu

एजेन्सी । मोवाइल फोन प्रयोग नगर्ने सायद संसारमा कमै होलान् । हाम्रै नेपालको तथ्याङ्कलार्इ हेर्ने हो भने पनि मोवाइल प्रयोगकर्ता अति धेरै छन् ।

हालै सार्वजनिक गरिएको एक तथ्याङ्क अनुसार नेपालमा विभिन्न मोबाइल सेवा प्रदायकसँग हालसम्म ३ करोड ८३ लाखभन्दा बढी प्रयोगकर्ता आवद्ध भएका छन् । गत असारसम्मको तथ्यांकअनुसार मोबाइल सेवातर्फ विक्री वितरण भएको जीएसएम सिमको संख्या मात्र ३ करोड ६२ लाख छ ।

२० लाख ६२ हजारभन्दा बढी सीडीएम प्रविधिका प्रयोगकर्ता छन् । यो तथ्याङ्कबाट पनि मोवाइल प्रयोगकर्ता धेरै रहेको प्रष्ट हुन्छ ।

तर ध्यान दिनुपर्ने कुरा के छ भने यसरी अत्यधिक मात्रामा मोवाइल फोन प्रयोग गर्नु स्वास्थ्यका लागि हानिकारक हुने एक अध्ययनले देखाएको छ । अध्ययनअनुसार केही अवस्थामा मोवाइल प्रयोग गर्नु खतरनाक मानिन्छ । यी ६ अवस्थामा मोवाइल फोन प्रयोग गर्न नहुने जानकारहरू बताउँछन् ।

बिहान उठ्ने बित्तिकै

यूकेको एक अध्ययन अनुसार बिहान उठ्ने बित्तिकै मोवाइल फोन प्रयोग गर्ने बानीले तनाब तथा चिन्ता बढ्ने हुन्छ । मानसिक रूपमा हुने यस्ता तनाबले ब्यक्तिको खुशी नै हराउँदै जान सक्छ । त्यसैले बिहान उठ्ने बित्तिकै मोवाइल प्रयोग गर्नु हुँदैन । हाम्रो बानी भने सिरानी मै फोन राखेर सुत्ने र आँखा खुल्ने बित्तिकै मोवाइल हेरिहाल्ने वा चलार्इहाल्ने गरिन्छ । त्यो स्वास्थ्यका दृष्टीले हानिकारक हुन्छ ।

काम गर्नु पहिले

विज्ञहरूका अनुसार कुनै पनि काम वा छलफलभन्दा पहिला मोवाइल फोन प्रयोग गर्नाले तपार्इँको कार्य क्षमतामा कमी आउनसक्छ । यसका साथै केही अध्ययनहरूबाट खुलासा भइसकेको छ की मोवाइलमा देखिएका बिभिन्न कुराहरूकै कारण पनि काममा नकारात्मक असर पर्न सक्छ ।

काम गरिरहेको अवस्था

करियर कोच स्टीव बैंगको मान्यताअनुसार कुनै पनि काम गर्न शिलशिलामा धेरैजसो मानिसहरू आफ्नो काममा हराउँछन् । तर यस्तो अबस्थामा बज्ने मोवाइल फोनको घण्टी बज्नाले काममा समस्या उत्पन्न हुन सक्छ । कामप्रतिको ध्यानभङ्ग हुनाले काम नै बिग्रिन पनि सक्छ ।

पढ्ने समय

हामीले मोवाइल नजिकै राखेर पढ्ने गरेका छौँ । तर यसले पढाइप्रतिको ध्यान भङ्ग हुन सक्छ । बढी मोवाइल चलाउनाले पनि पढ्दै गर्दा बारम्बार मोवाइल र त्यसमा गरिएको म्यासेज अथवा कल लगाएतका कुनै पनि कुराप्रति ध्यान जानसक्छ । यसको सिधा असर पढाइमा पर्नसक्छ । त्यसैले सकेसम्म लत बस्ने गरी मोवाइल चलाउनु राम्रो हुँदैन ।

राति अबेर वा सुत्नुअघि

राति अबेरसम्म पनि निद्रा नलाग्नुको एउटा कारण मोवाइल पनि हो । मोवाइल स्क्रिनबाट निस्कने प्रकाशका कारण स्लीप हार्मोन मेलाटोनिन् प्रभाबित हुन्छ । यस हार्मोनमा पर्ने असरले ठीक तरिकाले निद्रा लाग्दैन । यदि आरामदायी मिठो निद्रा चाहानुहुन्छ भने सुत्नु अघि मोवाइल फोन प्रयोग नगर्नु नै राम्रो हुन्छ । केही दिन अभ्यास गरेर हेर्नुहोस् ।

सुतेर मोवाइल नचलाउनुहोस्

राती सुतेर मोवाइल चलाउनुहुन्छ भने आजैबाट यो बानी छोड्नुहोस् । किन की राती सुतेर मोवाइल चलाउने बानीले बेलाबेला निद्रा खुल्ने समस्या आउनसक्छ । अझ कतिपयले त राती निद्रा खुल्नासाथ पनि मोवाइल नै चलार्इ हाल्ने बानी हुन्छ यो खराब बानी हो । यसरी राती निद्राको बीचमा पनि फोन चलाउनाले नै थकानको महसुस हुन्छ । राम्रोसँग निद्रा नपरेकै कारण पनि बिभिन्नखालका रोगहरूले आक्रमण गर्न सक्छ । त्यसैले मोवाइलको प्रयोग अनावस्यक रूपमा गर्नु रामो होइन ।

प्रतिकृया दिनुहोस