जर्मनको सहयोगमा अस्पताल पुनर्निर्माण गरिने

Taplegung

ताप्लेजुङ । नेपाल मेडिकल सपोर्ट जर्मनको सहयोगमा ताप्लेजुङमा जिल्ला अस्पताल पुनर्निर्माण गरिने भएको छ ।

१ करोड २ लाख रुपैंयाँको लागतमा ताप्लेजुङ विकास मञ्चले अस्पतालको भौतिक संरचनामा सुधार गर्ने भएको हो । यसका लागि दुई संस्थाबीच सम्झौता भइसकेको छ ।

यही महिनाभित्रैबाट अस्पताल पुनर्निर्माणको काम सुरु हुने मञ्चका अध्यक्ष सन्तोष प्रसाईले जानकारी दिए ।

पहिलो चरणमा अस्पतालको जस्तापाता फेर्ने, भुइँमा टायल लगाउने, रंगरोगन गर्ने, पुराना काठलाई निकालेर नयाँ फेर्ने कार्य गरिनेछ भने पर्याप्त शौचालय र खानेपानीको व्यवस्थापन गरिने बताइएको छ ।

दोस्रो चरणमा अस्पतालभित्र र बाहिर सीसी क्यामेरा जडान गरिने भएको छ भने उपचारमा आवश्यक उपकरणसमेत खरिद गर्ने सम्झौता भएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको महालक्ष्मी नगरपालिकाको बाटो हुँदै नीजि स्कुलका बस गुड्न नपाउने, विद्यार्थी लैजान पनि नपाउने

Mahalxmi nagarpalika dkt

धनकुटा । सामुदायीक विद्यालयहरुको शैक्षिक अवस्था खस्किँदै गइरहेका बेला धनकुटाको महालक्ष्मी नगरपालि...