निद्रा नपुग्दा हामीलाई हुने समस्याहरु :

Pr 165

काठमाडौं । निद्रा हाम्रो जीवनको महत्वपूर्ण पाटो हो । शरीरलाई आवश्यक मात्रामा निद्रा पुगेन भने अनेक रोगले सताउँछ । निद्रा राम्ररी पूरा नहुनु वा राम्ररी सुत्न नसक्नुलाई अनिद्रा भन्ने गरिन्छ । निद्रा नपर्ने कारण यस्ता छन् स्

मधुमेह
अनिद्राको कारणले कर्टिसोल हर्मोनको उत्पादनमा वृद्धि हुन्छ । जुन हर्मोनले शरीरमा चिनीको मात्रा वृद्धि गराउँछ र निरन्तर यसो हँुदै गएमा मधुमेहको जोखिम बढाउँछ ।

मुटुरोग
अनिद्राका कारणले उच्च रक्तचापको समस्या देखिने गर्छ । जुन समस्या निरन्तर रहेमा मुटुसम्बन्धी रोगको जोखिम बढ्छ ।

पाचन प्रणालीसम्बन्धी समस्या
पाचन प्रक्रिया पूर्ण हुन तीनदेखि चार घन्टा लाग्ने गर्दछ । अनिद्रा कारणले मानसिक तनाव भई पाचन प्रक्रियामा ढिला हुनुका साथै पाचन पूर्ण नहुने गर्दछ र पाचन प्रणालीसम्बन्धी समस्या निम्त्याउँछ ।

मानसिक समस्या
अनिद्राका कारणले सम्झने शक्तिमा कमी हुनुका साथै मानसिक अस्थिरता, चिडचिडाहट, बढी रिस उठ्नेजस्ता मानसिक समस्या हुन्छन् ।

दिनचर्यामा परिवर्तन
अनिद्राको समस्याले बिहान उठ्दा ताजा महसुस नहुने, मध्यदिनमा निद्रा लाग्ने, काम गर्न मन नलाग्नेजस्ता समस्या हुन्छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...