यी हुन् क्यान्सरका लक्षण, खोकी देखी अपचसम्म

Cancerttt

एजेन्सी। क्यान्सर गम्भिर प्रकारको रोग हो। जुनसुकै क्यान्सर लागेपनि पैसा र शरीर दुवैको क्षति हुन्छ । तर क्यान्सरलाई बेलैमा पहिचान गर्न सकियो भने रोकथाम पनि गर्न सकिन्छ ।

क्यान्सरका लक्षण देखिए भने पनि आत्तिइ हाल्नु हुँदैन तर नियमितरुपमा जाँच र चिकित्सकको परामर्स भने लिनु पर्छ ।

दुखाइ- शरीरको कुनै पनि अंग वा भागमा निरन्तर दुखाइ भयो र शरीरका विभिन्न भागमा गिर्खा छ भने यसलाई वेवास्ता नगर्नुस् । पेन किलर खाएर दुखाइ कम गर्ने मुर्खता पनि नगर्नुस् । महिलामा हुने स्तन क्यान्सर शुरुमा पत्ता लगाउन निक्कै गाह्रो हुन्छ ।

ज्वरो- ज्वरो आउनु पनि शरीरमा सञ्चो नभएको संकेत हो । नियमितरुपमा ज्वरो आउनु पनि क्यान्सरको लक्षण हुन सक्छ । क्यान्सर रोग लाग्ने समयमा विभिन्न प्रकारले लामो समय सम्म ज्वरो आउने समस्या हुन सक्छ । कहिले काँहि सिजलन ज्वरो आएको भनेर लापर्वाही गर्दा गम्भिर समस्या पनि हुन सक्छ ।

दुब्लाउँदै जानु वा वजन कम हुनु- यदि तपाइँ एकाएक दुब्लाउन थाल्नु भो वा शरीरको बजन १ वा डेढ सातामै १० प्रतिशत सम्म कम भएमा तत्काल जाँच गराउनुस्। कुनै शारीरक अभ्यास नै नगरीकन तौल घट्नु वा दुब्लाउनु राम्रो संकेत होइन। डाइटिङ नै गर्दा पनि एकाएक तौल घट्नु राम्रो संकेत होइन।

थकान- जतिबेला पनि थकान र कमजोर अनुभव गर्न थाल्नु भो भने बुझ्नुस् शरीर अस्वस्थ छ । क्यान्सरका शुरुवाती लक्षणमा थकान र कमजोर हुनु पनि पर्छन् । खासगरी चुरोट वा खैनी सेवन गर्नेहरुलाई यसमा विशेष ध्यान दिनु पर्छ । कतिपय अवस्थामा रक्तचाप कम हुँदा पनि थकाइ लाग्ने र कमजोर महसुस हुने हुन्छ ।

तनाव- जतिबेला पनि तनाव हुन्छ । दिशा र पिसावको रंग बदलिएको छ भने सतर्क बन्नुस् । यस्तो अवस्थामा सके सम्म छिटो डाक्टरकोमा जानु राम्रो हुन्छ । अधिकाँश मानिस ब्यस्त जीवन नै तनावको कारण भन्ने ठान्छन् तर कहिले काँही यस्तो हुनु गम्भिर समस्याको संकेत हुन सक्छ । क्यान्सका लक्षण मध्ये अत्याधिक तनाव र शरीर चिलाइरहने समेत पर्छन् ।

खोकी- हत्तपत्त निको नहुने खोकी वा स्वर घोक्रो भएमा क्यान्सर हुन सक्छ । कसैलाई औषधि खाँदा पनि खोकी सञ्चो नभए, आवाज पनि घोक्रो हुँदै जान्छ भने क्यान्सर हुन सक्छ ।

कोठीको रङ- शरीरमा आउने कोठीको रङ र आकारमा परिवर्तन देखा परेमा वा कोठी बिग्रेमा छालाको क्यान्सर हुन सक्छ ।

रक्तश्राव भएमा अथवा पिप- लामो समय उपचार गर्दा पनि असाधारण रूपमा शरीरका कुनै पनि भागबाट रक्तश्राव भएमा अथवा पिप आएमा क्यान्सर भएको हुन सक्छ ।

दिसा वा पिसाब- दिसा वा पिसाबको पानीमा फरक परेमा क्यान्सर हुन सक्छ । कहिले पानीजस्तो दिसा आउने, कहिले कस्सिएर दिसा आउने भएमा क्यान्सर हुन सक्छ । पिसाब छिटोछिटो लाग्दै गयो भने पनि क्यान्सरको लक्षण हुन सक्छ ।

अपच- अपच भएमा अथवा खाना निल्न गाह्रो हुनेजस्ता समस्या देखापरे पनि क्यान्सर हुन सक्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...