गाउँभरिका स्थानीय भाइरलले प्रभावित

Fever

दार्चुला । नौगाड गाउँपालिकाको वडा नम्बर २ सुण्डमुण्डुमा गाउँभरी मौसमी भाइरलको प्रकोप बढेको छ । एकसातादेखि गाउँभरीका बालबालिका तथा बृद्धबद्धाहरु भाइरलले प्रभावित बनेका छन् ।

नौगाड २ मा रहेको केदारेश्वर मावि सुण्डुमुण्डु विद्यालयमा अध्ययनरत साढे ३ सय विद्यार्थीमध्ये आधाभन्दा बढिमा भाइरल देखिएको छ । भाइरलकै कारण विद्यार्थीहरुको नियमित पठन पाठनमा समस्या भएपछि शुक्रबारदेखि विद्यालय बन्द गरिएको विद्यालयका शिक्षक प्रेमसिह ठगुन्नाले जानकारी दिए ।

दशैँ विदा असोज २४ गते देखि गर्नुपर्ने भएपनि भाइरलको प्रकोप बढ्न थालेपछि विद्यालय बन्द गरिएको छ । भाइरल प्रभावित विद्यालय र गाउँमा सामुदायिक स्वास्थ्य एकाई सुण्डमुण्डुबाट स्वास्थ्यकर्मीको टोली परिचालित भएर शुक्रबारदेखी नै औषधी बितरण गरीरहेको छ ।

मौसमका कारण देखिएको भाइरलले सामुदायिक स्वास्थ्य एकाई तथा नीजि मेडिकलहरुमा विरामीको भीड लाग्ने गरेको छ । विरामीहरुलाई तातो पानीको प्रयोग, व्यक्तिगत तथा बाह्य सरसफाई तथा मास्कको प्रयोग गर्न स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् ।

प्रतिकृया दिनुहोस