राप्रपा राष्ट्रवादीको सम्पर्क समितिमा मुडभरी

Rpp nuwakot

काठमाडौं । एकीकृत राप्रपा (राष्ट्रवादी) निकट नुवाकोट काठमाडौं जनसम्पर्क समितिको नयाँ कार्य समिति चयन भएको छ ।

शनिबार काठमाडौंमा भएको भेलाले ज्योतिचन्द्र मुडभरीको अध्यक्षतामा ३५ सदस्य नयाँ कार्यसमिति चयन गरेको छ । जसमा ५ उपाध्यक्षमा ठाकुर पाण्डे, रत्नप्रसाद रिजाल, प्रकाश रिमाल, गंगाप्रसाद सेढाइ र योगेन्द्र राज पाण्डे चयन भएका छन् भने समितिको सचिवमा जनकराज पाण्डे, सहसचिव ध्रुब नेपाली, कोषाध्यक्ष श्यामकृष्ण गजुरेल चयन भएका छन् ।

सो समितिमा अर्जुन थपलिया, रामकुमार पण्डित, माधव पौडेल, ललिता थापा, इन्द्रराज पाण्डे, हरि पौडेल, विजय थापा, श्रीराम पण्डित, नवराज सिलवाल, इश्वर पण्डित लगायत सदस्यमा चयन भएको सहप्रवक्ता जनकराज पाठकले बताए । 

सो भेलाको पार्टी अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले उद्घाटन गरेका थिए । सो भेलामा पार्टी उपाध्यक्ष तारानाथ लुइटेल, महामन्त्री श्याम तिमिल्सिना, उच्चस्तरीय कार्य सम्पादन समितिका सदस्य झनक प्याकुरेल, केन्द्रिय सदस्य गोकर्णराज सिटौला, राजु लोहनी, केन्द्रिय सदस्य एवं काठमाडौं अध्यक्ष केदार फुँयाल सम्पर्क समितिका पुर्व अध्यक्ष शेरबहादुर खत्री, युवराज पाण्डे, नुवाकोट गोगंवु सम्पर्क समाजका उपाध्यक्ष योगेन्द्र पाण्डे लगायतले भेलामा शुभकामना दिएका थिए ।

कार्यक्रममा सम्पर्क समितिका अध्यक्ष अर्जुन कँडेलको सभापतित्वमा सम्पन्न भएको थियो भने कार्यक्रममा विनोद थपलियाले स्वागत गरेका थिए ।

प्रतिकृया दिनुहोस