दाङमा माटोको ढिस्कोले पुरिएर एकै परिवारका तीन जनाको ज्यान गयो

Dhisko

दाङ । राप्ती गाउँपालिका-४, दोलहीखोलामा माटोको ढिस्कोले पुरिएर एकै परिवारका ३ जनाको मृत्यु भएको छ ।

घर पोत्ने माटो लिन गएका उनीहरुको ढिस्कोले पुरिएर घटनास्थलमै ज्यान गएको प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए ।

ज्यान गुमाउनेहरुमा ३० वर्षीया स्यामाकुमारी चौधरी, ३५ वर्षीया मिना चौधरी र १२ वर्षीया रेजिना चौधरी रहेका छन् ।

प्रतिकृया दिनुहोस