किशोरीमाथि सामूहिक बलात्कार

Rape 6

डडेल्धुरा । परसुराम नगरपालिकाकी १५ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ ।

किशोरीलाई स्थानीय २ युवकले बलात्कार गरेका जिल्ला प्रहरी कार्यालय डडेल्धुराले बताएको छ ।

अनन्ते मेला हेरर घर आउने क्रममा असोज ९ गते राति युवती बलात्कृत भएकी हुन् ।

जाहेरी अनुसार परशुराम नगरपालिका–४, पोखरी बस्ने २८ वर्षीय वीरबहादुर बोहरा र सोही नगरपालिका–१० कुरमुल्लेका २३ वर्षीय शिवशंकर जोशीले सामूहिक बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता एवं प्रहरी निरीक्षक खगेन्द्र साउदले जानकारी दिए ।

आरोपीमध्ये बोहरालाई प्रहरीले प्रक्राउ गरी जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा मुद्दा दर्ता गरिसकेको छ भने जोशी फरार छन् । घटना ९ गते रातिको भए पनि किशोरीले घरपरिवारलाई ढिलो बताएकाले ३ दिनपछि शुक्रबार मात्र प्रहरीमा जाहेरी आएको प्रहरीको भनाई छ ।

पक्राउ परेका बोहराको बारेमा थप अनुसन्धान गर्न जिल्ला अदालत डडेल्धुराबाट १० दिनको म्याद थप गरी प्रहरी हिरासतमा राखिएको प्रहरीले जानकारी दिएको छ ।

फरार जोशीको खोजी कार्य भैरहेको प्रहरी निरीक्षक साउदले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस