मनमायाको हत्या अभियोगमा एक पक्राउ

Hatya ghati reti

सिन्धुपाल्चोक । पाँचपोखरी थाङ्पाल गाउँपालिका ४ की ५५ वर्षिय मनमाया तामाङको शुक्रबार राति हत्या भएको छ ।

हत्या अभियोगमा सोही ठाउँका २० वर्षिय वासुदेव वाइबालाई प्रहरीले पक्रेको छ । हत्याको कारण अझसम्म खुलाइएको छैन ।

अभियुक्त वाइबालाई मेलम्चीस्थित इलाका प्रहरी कार्यालयमा ल्याई अनुसन्धान शुरु गरिएको प्रहरी निरीक्षक परशुराम मल्लले जानकारी दिए ।

प्रतिकृया दिनुहोस