महिनावारी बन्द भएका महिलाको स्वास्थ्यमा खतरा, बेलामै बिचार पुर्याउन आग्रह

Mins hihi

काठमाडौं । महिनावारी बन्द भएका महिलाको स्वास्थ्यमा देखिएका समस्यालाई बेलैमा समाधान गर्न चिकित्सकहरुले सुझाव दिएका छन् ।

मेनोपस सोसाइटी अफ नेपाल (मेसोन) को दोस्रो राष्ट्रिय सम्मेलनमा सहभागी चिकित्सकहरुले जनचेतनाको कमीका कारण रजस्वला बन्द भएपछिका समस्या समाधान गर्न धेरैले चासो नदिँदा जोखिम बढ्दै गएको बताए ।

विशेष गरी रजस्वला बन्द भएका महिलामा चिट्चिडाहट पन बढ्ने भएकाले त्यस्तो समस्या निराकरण गर्न चिकित्सकसँग सुझाव दिनुपर्ने उनीहरुको भनाइ छ ।

हड्डीको वनावट र जोर्नीमा पनि उमेर ढल्किँदै गइरहेका महिलामा बढी समस्या देखिने गरेको चिकित्सकहरुको भनाइ छ ।

कार्यक्रममा महिला स्वास्थ्यको क्षेत्रमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी एवम् समाजसेवीलाई सम्मान गरिएको थियो ।

राष्ट्रिय सम्मेलनमा महिलाले प्रयोग गर्ने विभिन्न औषधि प्रदर्शनमा राखिएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...