प्रधानमन्त्री भोलि कोस्टारिका जादैँ

Oli jgd79htpy

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ संयुक्त राष्ट्र सङ्घका लागि नेपाली नियोगमा अमेरिकास्थित विभिन्न नेपाली समुदाय तथा गैरआवासीय नागरिक (अमेरिका) का प्रतिनिधिहरूसँग भेट गरेका छन् । ।

प्रधानमन्त्री ओली कोस्टारिकाको औपचारिक भ्रमणका लागि भोलि त्यसतर्फ प्रस्थान गर्नेछ । प्रधानमन्त्री ओलीले कोस्टारिकाका राष्ट्रपति कार्लोस अलवारादो क्वेसादासँग द्विपक्षीय भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री ओली संयुक्त राष्ट्र संघको महासभामा सहभागी हुने क्रममा अमेरिकामा छन् ।

प्रतिकृया दिनुहोस