केसीको चेतावनी : सम्झौता कार्यान्यन नभए १६ औँ अनशन बस्ने

Govinda kc doctor

काठमाडौं । सरकारले आफूसँग गरेका सम्झौता कार्यान्वयन नगरेमा फेरि अनशन बस्ने डाक्टर गोविन्द केसीले चेतावनी दिएका छन् ।

शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरेर डा. केसीले सरकारले सम्झौता कार्यान्वयन नगरे १६औं अनसन बस्ने बताएका हुन्।

२७ दिनसम्म चलेको १५ औं अनसन बस्दा सरकाले आफ्ना सबै माग पुरा गर्ने भनेर सम्झौता गरेको स्मरण गराउँदै डा. केसीले सरकार त्यसतर्फ गम्भीर हुनुपर्ने बताए । प्रधानमन्त्रीसँगको वार्तापछि आफूसँग भएका सम्झौता केही महिनामै सरकारले भुलेको भन्दै उनले त्यसलाई तत्काल कार्यान्वयन गर्न उनले आग्रह गरेका छन् ।

चिकित्सा क्षेत्र सुधारका लागि सरकारसँग भएका सम्झौताको मर्मविपरीत विभागीय (शिक्षा र स्वास्थ्य) मन्त्रीहरु हिँडिरहेको भन्दै उनले आफूलाई धोका नदिन पनि चेतावनी दिए ।

एउटै विषयमा लगातार अनशन बस्नुपर्दा आफूलाई दिक्क लागिसकेको पनि उनले उल्लेख गरे । सधैँ एउटै माग लिएर कति अनशन बस्नु, अब त लाज लाग्ने अवस्था भइसकेको छु, केसीले भने, मेरो अनशन र आन्दोलन चिकित्सा क्षेत्र सुधार गर्न हो मैले कुनै पद या नेतृत्वमा जान लड्दै आएको हो ।

केसीले अब आफूलाई सरकारले धोका दिएर ढाँट्न नसक्ने पनि जिकिर गरे । ुसरकारले मलाई पटक पटक धोका दियोु, उनले अगाडि भने, अब यसरी सधैँ चल्दैन, सरकारले धोकाको खेल खेल्यो भने चुप बस्दिनँ, कुनै पनि हालतमा सरकारलाई जिम्मेवार बनाएरै छाडछु ।

दल र नेताहरुले शिक्षा(स्वाथ्यक्षेत्रलाई कमाइ खाने भाँडो बनाएको उल्लेख गर्दै केसीले अब यस्ता खालका अपराध कुनै हालतमा रोकिनै पर्ने पनि बताए ।

प्रतिकृया दिनुहोस