मृगौला पीडित थापा सहयोग माग्दै, सक्दो सहयोग गरौं

Thapa help magdai xan

प्यूठान । गौमुखी गाउँपालिका २ अर्खाका शेरबहादुर थापाका दुबै मृगौला फेल भएका छन् ।

दुबै मृगालाले काम गर्न छाडेपछि उनी हाल बुटवलको दीपनगर स्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा डाइलाइसिस गराउँदै आएका छन् ।

उपचार गर्नका लागि उनी संग पैसा नभएपछि शुभेच्छुक तथा आफन्तहरु संग उपचारको लागि पैसा जुटाउन आग्रह गरेका छन् । चिकित्सकले मृगौला प्रत्यारोपण गर्नुपर्ने बताएपछी आर्थिक अवस्था कमजोर भएका थापा को लागि शुभेच्छुक तथा आफन्तहरुले रकम संकलन गर्न थालेका छन् ।

वि।स। २०५६ सालमा वैदेशिक रोजगारीको शिलसिलामा मजदुरी गर्न मलेसिया गएका थापा मृगौलामा समस्या आएपछि नेपाल फर्किएका हुन् । बिदेशको कमाइ उपचारमा सकिएपछि जग्गा जमिन तथा आम्दानीको कुनै स्रोत नभएको थापाको उपचारको लागि अझै १६ लाख आवश्यक पर्ने बताए ।

पिडितकी श्रीमती कमलाले आफ्नो आर्थिक अवस्था अत्यन्त कमजोर रहेको भन्दै श्रीमानलाई बचाउनका लागि सबैले सहयोग गरिदिन आग्रह गरेकी छिन् ।

उनलाई सहयोग गर्न चाहनेले लालसिंहको मोबाइल नम्बर ९८११५८७१०८ वा ९८११५३३८९२ मा सम्पर्क गर्न अथवा माछापुच्छ्रे बैंक लिमिटेडको खाता नम्बर ३४२२५२४५५५४०४०१९ मा जम्मा गरिदिन आग्रह गरेका छन् ।

प्रतिकृया दिनुहोस