डोजरले किच्दा ७ बर्षिय बालकको मृत्यु

Dojar

जाजरकोट । डोजरले किच्दा बालकको घटना स्थलमै मृत्यु भएको छ ।

कुशे गाउँपालिका २ को टालेगाउँमा डोजरले किच्दा कर्णबहादुर सिंहका ७ वर्षीय छोरा धीरेन्द्र सिंहको मृत्यु भएको छ ।

सडक मर्मत गर्नको लागि ल्याइएको डोजरले बिहीबार बेलुका टालेगाउँ जाँदैगर्दा बालक किचेको जिल्ला प्रहरी कार्यालयका निर्मित प्रमुख इन्द्रजित सुनारले बताए ।

प्रतिकृया दिनुहोस