डिभी फर्म असोज १७ गतेदेखि खुल्दै

Dv visa

काठमाडौं । अमेरिकी डाइभर्सिटी भिसा (डि.भी.) कार्यक्रम २०२० अन्तर्गत अमेरिका जान फर्म खुल्ने भएको छ ।

असोज १७ देखि आवेदन दिन सकिनेछ । नेपाली समयअनुसार राति पौने दश बजेबाट सुरु भएर कात्तिक २० गते राति १०ः४५ बजे बन्द हुनेछ ।

नेपालस्थित अमेरिकी दूताबासका अनुसार डीभी चिट्ठामा सहभागी हुन शुल्क लाग्दैन । दूताबासले आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिन आग्रह गरेको छ ।

आवेदकले www.dvlottery.state.gov मा इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (इडिभी) आवेदन फारम भर्नु पर्नेछ।

आवेदन दर्ता गर्दा पतिपत्‍नी र आवेदनको समयमा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानलाई सूचीकृत गर्नु अनिवार्य गरिएको छ ।

आवेदकले अयोग्य पतिपत्‍नी वा सन्तानको विवरण समावेश गरी पेश गरेको आवेदन अयोग्य ठहरिने दूताबासले जनाएको छ । आवेदनको कन्फर्मेसन नम्बरका आधारमा नतिजा ७ मे २०१९ पछि हेर्न सकिनेछ ।

प्रतिकृया दिनुहोस