नेपालको भनाई - ‘सरकारप्रतिको जनविश्वास गुम्दै छ’

Madhav kumar nepa

काठमाडौं । वर्तमान सरकार भ्रष्टाचार न्यूनीकरण गर्न चुकेको पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बताएका छन् ।

बिहीबार सत्ता पक्ष दलको प्रमुखको हैसियतले प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै नेता नेपालले जनता भ्रष्टाचार मुक्त प्रशासन चाहन्थे तर ७ महीनामा जनतालाई सुशासनको अनुभूति हुन नसकेको बताए ।

उनले विकास निर्माणमा ठेकेदारले गुणस्तरहीन काम गरेका, जनताको जनजीविकासँग जोडिएको गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र सुरक्षामा सन्तोषजनक उपलब्धि प्राप्त हुन नसकेको बताए ।

चालू दोस्रो अधिवेशनको ७९ औँ बैठकलाई सम्बोधन गर्दै नेता नेपालले विकास निर्माणमा आबद्ध ठेकेदार बेपत्ता हुनु, कालोसूचीमा परेका भ्रष्टहरु पुरस्कृत हुनु र महिला हिंसा बढ्दै जानुले सरकारप्रतिको जनविश्वास गुम्दै गएको बताए ।

संसद्का बैठकमा सांसदहरुले सरकारको काम कारवाहीप्रति गरेका ध्यानाकर्षणका विषय सफलतापूर्वक कार्यान्वयन हुन नसक्नुले पनि सरकारप्रति जनताको नकारात्मक प्रभाव बढ्दै गएको गुनासो थियो ।

उनले केही विकास विरोधीले विमानस्थल, जलविद्युत् परियोजना र सडक निर्माण गर्न अवरोध पुर्याएको आरोपसमेत लगाए ।

प्रतिकृया दिनुहोस