‘स्टक क्लियरेन्स मेला’ काठमाडौंको भृकुटीमण्डपमा सुरु

Bhirikuti mandap

काठमाडौं । ‘स्टक क्लियरेन्स मेला’ काठमाडौंको भृकुटीमण्डवमा दशैंंको अवसर पारेर सुरु भएको छ ।

विभिन्न अफरसहित सहज ढंगले सामान उपलब्ध गराउन मेला आयोजना गरिएको मेला आयोजक समितिका संयोजक विजयसागर प्रधानले बताए । ७२ वटा स्टल रहेको मेलामा नेपाल, भारत, बंगलादेश, पाकिस्तानलगायतका देशहरुको सहभागीता रहेको छ ।

मेलामा बंगलादेशको कटन, पाकिस्तानको छाला र फर्निचरका सामग्री तथा भारतको जुत्ता विशेष आकर्षणको रुपमा रहेका छन । ५ दिनसम्म चल्ने मेलामा ३० हजार बढिले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

प्रतिकृया दिनुहोस