त्रिवि शिक्षण अस्पताललाई जापानले दियो ५३ अत्याधुनिक उपकरण

Japan helpingwith

काठमाडौं । त्रिवि शिक्षण अस्पताललाई ५३ वटा अत्याधुनिक उपकरण जापानको सहयोगी संस्था जाइकाले दिएको छ। उक्त सोमबार एक समारोहका बिच हस्तान्तरण गरेको हो ।

नेपालका लागि जापानी राजदूत मासामिचि साइगो र जाइका नेपालका प्रमुख प्रतिनिधि जुन साकुमाले उपकरणहरु अस्पताललाई हस्तान्तरण गरेका हुन्।

कायर्क्रममा बोल्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले जापानले सहयोग गरेका उपकरणले स्वास्थ्य सेवा छिटो प्रवाह हुनेमा विश्वास व्यक्त गरे। जापानले जहिले पनि नेपाललाई सहयोग गरेको भन्दै भूकम्पपछि पुनस्निर्माण तथा विद्यालय निर्माणमा सहयोग गरेको बताए।

त्यसैगरी नेपालका लागि जापानी राजदूत साइगोले शिक्षण अस्पतालको स्थापनाकालदेखि नै जापानले सहयोग गर्दै आएकोमा जनशक्ति विकास तथा चाहिएको बेला जापानले जहिल्यै सहयोग गर्दै आइरहेको बताए।

अल्ट्रसोनोग्राफ, डिजिटल म्यामोग्राफ, भेन्टिलेटर, एनेसथेसिया मेसिन, भिडियो अर्थोस्कोपी सेट गरी ५३ वटा उपकरणहरु अस्पताललाई उपलब्ध गराएको छ।

जापानले अस्पतालमा एमआरआइ कक्ष लागि नयाँ कोरिडोर, ब्लक ए र आइसियुमा वाटरप्रुफिङको काम पनि गरिरहेको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...