बार्षिक उत्सवमा बृहत स्वास्थ्य शिविर सम्पन्न

Cyanser sibir

काठमाडौं । नेपाल अर्बुद रोग निवारण संस्थाले ३६ औं बार्षिकोत्सवका अवसरमा बृहत स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

माथेमा समाजको महिला समुहको आयोजनामा शनिबार राजधानीमा वृहत स्वास्थ्य शिविर सम्पन्न भएको हो । सो शिविरको नेपाल अर्बुद रोग निवारण संस्थाका अध्यक्ष लोकेन्द्र श्रेष्ठ (इश्वर) ले उद्घाटन गरे ।

सो अवसरमा सो संस्थाका महासचिव बिमलकुमार होडा, माथेमा समाज महिला समुहकी मिरा माथेमा लगायतले आफ्नो स्वास्थ्यको ख्याल गर्न आग्रह गरे ।

सो शिविरमा क्यान्सर रोग विशेषज्ञ डा. पलक पौडेलसहित भक्तपुर क्यान्सर अस्पतालका स्वास्थ्यकर्मीहरुले झण्डै दुई सय भन्दा बढी महिलाहरुको स्वास्थ्य परिक्षण गराएका थिए ।

नेपाल अर्बुद रोग निवारण संस्थाले आइतबार आफ्नो ३६ औं बार्षिक उत्सव मनाउँदैछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...