अस्पतालमा प्रसूति हुन आउनेलाई एम्बुलेन्स खर्च दिने

Sutkeri

विराटनगर । तेह्रथुमको म्याङलुङ नगरपालिकाले जिल्ला अस्पतालमा प्रसूति हुन आउनेलाई एम्बुलेन्स खर्च उपलब्ध गराउने भएको छ ।

अस्पतालमा प्रसूति हुन जाँदा आउँदा एम्बुलेन्सका लागि लाग्ने खर्च नगरपालिकाले बिलअनुसार भुक्तानी दिने निर्णय गरेको उपप्रमुख पार्वतीसानु डाँगीले बताइन् ।

सरकारले स्वास्थ्य संस्थामा गएर सुरक्षित प्रसूति सेवा लिने महिलालाई यातायात खर्चबापत दुई हजार उपलब्ध गराउँदै आएको छ । नगर क्षेत्रका महिलाको समस्यालाई मध्यनजर गर्दै सुरक्षित प्रसूति सेवालाई थप प्रभावकारी बनाउन यो कार्यक्रमले सहयोग पु¥याउने उपप्रमुख डाँगीले बताइन् ।

प्रतिकृया दिनुहोस