निद्रामा सास फेर्न गाह्रो हुन्छ किन ?

Man sleeping and snoring

काठमाडौं । निद्रामा सास फेर्न गाह्रो हुने समस्या (स्लिप एप्निया) को समस्या भएकामा युरिक एसिड (गाउट)को जोखिम बढी रहेको एक अध्ययनले देखाएको छ ।

एउटा नयाँ अध्ययनका अनुसार निद्रामा अवरोध पुग्ने समस्याले दुखाइ हुने आरथाइटिस ‘गाउट’को जोखिम बढाउन सक्ने बताएको छ ।

निद्राको बेला सास फेर्न गाह्रो हुने अवस्थलाई स्लिप एप्निया भनिन्छ ।

वैज्ञानिकहरुले करिब ६ वर्ष स्लिप एप्नियाबाट ग्रसित रहेका १५, ८७९ मानिसहरुमा सर्वेक्षण गर्दा ४.९ प्रतिशित बिरामीहरुलाई गाउट देखा परेको थियो ।

दुवैमा मोटोपना, उच्च रक्तचाप , मधुमेह तथा अरु अवस्थाहरु आउन सक्छन् । निद्रामा अक्सिजनको प्रवाह राम्ररी भएन भने त्यसले युरिक एसिड उत्पादन गर्छ, त्यो युरिक एसिले हाड जोर्नी सुन्निनुका साथै गाउटको दुखाइ महसुस हुन्छ ।

स्लिप एप्नियाको समाधानको लागि एयरवे प्रेसर मसिन सिप्याप (कन्टिनियस पोजिटिभ एयरवे प्रेसर मेशिन) दिइन्छ जसमा बिरामीलाई मास्क लगाइन्छ जसले गर्दा सास फेर्न सजिलो बनाउँछ ।

अध्ययनका मुख्य लेखक मिलिका ब्लेगोजेभिक बकनेल जो केले युनिभर्सिटी इन्ग्ल्याण्डमा कार्यरतका अनुसार यो अवलोकनात्मक अध्ययनले कारण र प्रभाव भन्दैन । सिप्प्याप प्रयोग गर्ने मानिसमा गाउटको जोखिम घटाउन सकिन्छ ।

प्रतिकृया दिनुहोस