उपचार गर्न विदेश जाने नेतालाई अंकुस लगाउने ऐन आज पारित हुँदै

Sansad vawan

काठमाडौं । राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री तथा अन्य नेताहरु सामान्य ज्वरो आउँदा पनि विदेश गएर उपचार गर्ने गर्छन् । जसको खर्च राज्यले बेहोर्दै आएको छ ।

नेताका उपचारका लागि भनेर राज्यले वर्षेनी अर्बाै खर्च हुँदै आएको छ । तर, अव भने नेताहरुले विदेशमा गएर उपचार गराएमा राज्यले खर्च नव्यहोर्ने गरी कानुन बनेको छ ।

राष्ट्रपति, प्रधानमन्त्री मात्र होइन, नेताहरुले पहुँचको भरमा राज्यकोषबाट रकम लिएर विदेशमा उपचार गर्दै आएका छन् । जनस्वास्थ्य विधेयकको नयाँ व्यवस्थाले राज्यकोषको रकम बचाउने मात्र होइन, नेपालका अस्पतालहरुको सेवा सुधारमा पनि टेवा पुग्ने अपेक्षा गरिएको छ ।

संसदको शिक्षा तथा स्वास्थ्य समितिले जनस्वास्थ्य विधेयकमा प्रचलित कानुनमा जे सुकै व्यवस्था भए पनि विदेशमा गरिने उपचारको खर्च राज्यले नव्यहोर्ने व्यवस्था गरेको छ । परिर्माजित विधेयक बिहीबार नै संसदमा पेश भएको छ । जुन विधेयक आज पारित हुँदैछ ।

विधेयक पास भएपछि कानुनतः विदेशमा गरिने कुनै पनि उपचारको खर्च सरकारले व्यहोर्न पाउने छैन । समितिले ‘प्रचलित कानुनमा जे कुरा लेखिएको भएता पनि कुनै पनि व्यक्तिले विदेशमा उपचार गर्नुपर्ने भएमा नेपाल सरकारले राज्यकोषबाट खर्च व्यहोर्ने छैन’ भनेर सर्वसम्मत रुपमा दफा २९ थप गरेर संसदमा पेश गरेको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...