सप्तरीमा स्वाइन फ्लु र हङकङ फ्लुको प्रकोप देखियो, ४ सय बिरामी

Cold

कन्चनरुप । पूर्वी क्षेत्र अन्तरगत सप्तरीको कन्चनरुप नगरपालिकामा मौसमी रुघाखोकी अन्तर्गत देखिएको हङ्कङ् फ्लु अर्थात इन्फुएन्जा ए भाइरस एच ३ एन २ र बोलचालमा स्वाइन फ्लु भनिने ‘इन्फुएन्जा ए ९एच१एन१० को प्रकोप देखिएको छ ।

खुल्न नसकेको रोगका कारण ४ सय बिरामी र २, ७, ३ जना बालकको मृत्यु भए पछि त्यहाँबाट ल्याइएको र्याल (थ्रोट स्वाव) को नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला ९एमपीएचएल० मा परीक्षण गर्दा हङ्गकङ्ग फ्लु र स्वाइन फ्लु देखिएको हो ।

परीक्षणको लागि ल्याइएका १६ वटा नमूना मध्ये १० वटामा हङ्गकङ्ग फ्लु र एउटामा स्वाइन फ्लु देखिएको छ । ‘त्यहाँ प्रकोप कै रुपमा मौसमी रुघाखोकी देखिएको छ,’ इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखा (इडीसिडी) का निर्देशक डा. विवेककुमार लालले भने, ‘सप्तरीकै हनुमानगरमासमेत मौसमी रुघाखोकी देखिएपछि त्यहाँबाट थ्रोट स्वाव परीक्षणका लागि पठाइएको छ ।’

दुई सातायता मृत्यु भएका ३ बालबालिकाको मृत्युको कारण खोज्न ‘भर्वल अटोप्सी’ को सहारा लिन थालिएको औल्याउदै डा. लालले यसको लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका विशेषज्ञलाई जिम्मा दिइएको बताए ।

कञ्चनरूप नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सिअहेब डम्बरप्रसाद गुप्ताका अनुसार ती बालबालिकालाई ज्वरो आउने, छाती दुख्ने, खोकी लाग्ने र बिस्तारै शिथिल हुँदै बच्चाको मृत्यु भएको थियो । मृत्यु भएका बालबालिकाहरुमा सुरुमा उच्च ज्वरोसमेत आएको उनले बताए । चार दिनयता विशेषज्ञ चिकित्सकसहितको टोलीले १ हजार ६ सय जनाको स्वास्थ्य परीक्षण गरेको डा। लालले बताए ।

विश्व स्वास्थ्य संगठन (डव्लूएचओ) का अनुसार मौसमी रुघाखोकीको भाइरस ए, बी र सी गरी ३ प्रकारको हुन्छ । ‘ए’ भाइरसको विभिन्न उप–प्रकार मध्ये हाल ‘एच १ एन १’ र ‘एच ३ एन २’ मानिसमा फैलिरहेको छ । ‘सी’ प्रकारको इन्फुएन्जा भाइरस ‘ए’ र ‘बी’ को दाँजोमा धेरै कम फैलिरहेको हुन्छ ।

डब्लुएचओका अनुसार मौसमी रूघाखोकी कडा भाइरल संक्रमण हो । जो एक व्यक्तिबाट अर्कोमा सजिलै फैलिन्छ । यो मौसमी रूघाखोकीको भाइरस विश्वव्यापी रूपमा फैलिरहेको हुन्छ र जुनसुकै उमेर समूहलाई प्रभावित गर्छ । मौसमी रूघाखोकीले कडा संक्रमण हुने देखि मृत्यु समेत हुन सक्छ ।

सन २०१० देखि स्वाइन फ्लुलाई मौसमी रूघा खोकीकै श्रेणीमा राखेपछि नेपाल सरकारले समेत यसलाई मौसमी रुघाखोकी भन्ने गरेको छ । यस्तै हङ्कङ् फलुलाई समेत मौसमी रुघाखोकी मै राखिएको छ ।
वर्षेनी १५ देखि ३० लाख व्यक्ति मौसमी रूघाखोकीले प्रभावित हुने गरेको अनुमान गरिन्छ । मुलुकमा खासै अध्ययन नभए पनि अन्य मुलुकको दरलाई दृष्टिगत गर्दा वार्षिक रूघाखोकी हुने दर वयस्कमा करिब ५ देखि १० प्रतिशत र बालबालिकामा २० देखि ३० प्रतिशत रहेको विशेषज्ञहरूको आकलन छ ।

चिकित्सकहरुको अनुसार दम, श्वास रोगको समस्या भएकाहरुलाई स्वाइन फलु, मौसमी रुघाखोकीको संक्रमण हुने बढी खतरा हुन्छ । यस्तै मधुमेह, मुटू, कलेजो र स्नायु रोग भएकाहरु समेत संक्रमित हुने उच्च जोखिममा रहन्छन् ।

गर्भवती महिला, बुढापाका र ५ वर्षमुनिका बालबालिकामा यो संक्रमणको खतरा अन्यको दाँजोमा बढी हुन्छ । क्यान्सरका उपचार गराइरहेकाहरु, अंग प्रत्यारोपण गराएकाहरु, मोटापनाको समस्या भएकाहरु एचआईभी र एडस वा अन्य कारणले रोग प्रतिरोधक क्षमता कम भएकाहरू पनि स्वाइनको उच्च जोखिममा हुन्छन् । मदिरापान गर्नेहरुलाई पनि जोखिम समूहमा पर्छन् ।

स्वाइन फलु लगायत मौसमी रुघा खोकी मुखबाट निस्किने पानीका कणहरुबाट सर्ने भएकोले संक्रमित व्यक्तिसँग एक मिटरको दुरी कायम राख्नु उपयुक्त हुन्छ । यस्तै संक्रमण हुन नदिन व्यक्तिगत स्वच्छता, र सरसफाई कायम राख्नु पर्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...