छाला सम्बन्धी रोगमा खानाको ठुलो भुमिका

Skkine 2

काठमाडौं । छाला सम्बन्धी बिमारीमा मानिसको सचेतना बढेसँगै खाना र रोगको सम्बन्ध जान्न पनि उतिकै उत्सुक छन् ।

कुनैकुनै रोगमा यो चाहिँ खाना नखानुस् भनेर सजिलोसँग भन्न सकिए पनि धेरैजसो अवस्थामा यो नखानुस् या खानुस् भन्न चिकित्सकलाई पनि सजिलो छैन ।

छालाको विभिन्न रोगहरूमा हामीले खाने खानासँगको सम्बन्ध देखाउने कोसिस गरिएको छ ।

छालाको एलर्जी (अर्टिकेरिया)
सिउडोएलर्जिन फ्री डाइट – सिउडोएलर्जिनको प्रयोग खानाको स्वच्छता कायम राख्नका लागि अथवा खानालाई रंगीन बनाउन प्रयोग हुन्छ । जो तयारी अथवा लामो समयसम्म भण्डारण गर्नुपर्ने खानामा हुन्छ ।

त्यस्ता खानाहरूको कमभन्दा कम प्रयोगले एलर्जीका बिरामीलाई फाइदा भएको अध्धयनले देखाएको छ । अर्थात्, घरमा आफैले पकाएको स्वच्छ र ताजा खानाको नियमित प्रयोग ।

अरोमेटिक कम्पाउन्ड्स – यस्ता रसायनयुक्त खानेकुरा दूध, अन्डा, चीज, मक्खन, पाउरोटी, पास्ता, मह, गोलभेँडा, पालुंगो, मकै जस्ता खाने कुरामा पाइन्छ। तर यी खानेकुरा सबै छोड्नुस् भन्ने लेखकको आसय होइन ।

डन्डीफोर
गुलियो खाद्य पदार्थ – विभिन्न अध्ययनले देखएका ग्लुकोज तथा इन्सुलिनको मात्रा तुरुन्त बढाउने खानेकुराको सेवनले डन्डीफोर निकाल्न वा बढाउन मद्दत गर्दछ । जस्तैः ग्लुकोज, आलु, सेतो चामल, सेतो पाउरोटी, फ्रेन्च फ्राई, दुनोट, केरा, अंगुरले डन्डीफोर बढाउने देखिएको छ । त्यसकारण डन्डीफोरको समस्या आएकाहरूले यी खानेकुरा खाँदा सावधानी अपनाउन जरुरी हुन्छ ।

दूध – दूधको अधिक सेवनले डनडीफोर बढाउने अध्ययनहरूले देखाएका छन् ।

/uploads/Vadau/skione 3.jpgसोरायासिस – यसलाई नेपालीमा कत्लेरोग पनि भनिन्छ। छालाका विभिन्न दीर्घरोग मध्ये यो पनि एक हो। रोगको अवस्थालाई कम गर्न सकिए पनि यो रोग पूर्ण रूपमा नफर्किने गरी निको गर्न सकिँदैन । अध्ययन अनुसार यो रोगमा खानामा विशेष ध्यान दिनुपर्ने हुन्छ ।

खानामा चिल्लो पदार्थ एकदम कम हुनुपर्छ । धूम्रपान तथा मध्यपानले यो रोग बढाउँछ । खानामा विशेषगरी पौष्टिक आहार बढाउने भिटामिन डी तथा अन्य एन्टी–अक्सिडेन्टहरू जस्तैः भिटामिन ए, सी, ई तथा सेलेनियमको मात्रा बढाउनुपर्छ । फोलिक एसिड नामक भिटामिन सोरायासिसका बिरामीमा उपयोगी देखिएको छ । साथै मेथोट्रेकसेट नामक औषधि प्रयोग गर्दा फोलिक एसिडको नियमित प्रयोग गरिन्छ ।

छालाका क्यान्सरहरू – एन्टी–अक्सिडेन्ट भिटामिनहरू जस्तैः भिटामिन ए, सी, ई तथा सेलेनियमको कमी, भिटामिन डीको कमी, खानामा अधिक चिल्लो पदार्थहरूसँग छालाको क्यान्सरको सम्बन्ध देखिएको छ।

एटोपिक डर्माटाइटिस – नवजात शिशुलाई ६ महिनासम्म केवल आमाको दूध मात्र खुवाउने हो भने एटोपिक डर्माटाइटिस लगायत छालाको विभिन्न रोगबाट बचाउन सकिन्छ।

दुध र अन्डा – हुन त दूध र अन्डाले एटोपिक डर्माटाइटिसको समस्यालाई बल्झाउने कुरा जनमानसमा व्याप्त । केही हदसम्म यो साँचो पनि हो । तर जबसम्म दूध र अन्डाको एलर्जी बिरामीलाई छ भनेर प्रमाणित हुँदैन तबसम्म यी परिकार नछोड्ने सल्लाह दिइन्छ । किनभने पौष्टिक आहारको अभावमा बिरामीलाई अरू समस्या देखिने सम्भावना हुन्छ । एलर्जी छ कि छैन भनेर प्रमाणित गर्नका लागि विभिन्न माध्यम जस्तैः दूध र अन्डाको सेवन गर्दा एलर्जी बढ्ने, स्किन प्रिक टेस्ट तथा रगतमा आइजिईको मात्रा हेर्न सकिन्छ ।

प्रोबायोटिक्स तथा प्रिबायोटिक्स – प्रोबायोटिक्सहरू जिउँदा किटाणुहरू हुन्, जसको सेवनले शरीरमा फाइदा हुन्छ । प्रिबायोटिक्सहरू त्यस्ता खाद्यपदार्थ हुन्, जसले आन्द्रामा फाइदाजनक किटाणुको मात्रा बढाउँछ । यिनीहरूको सेवनले आन्द्रामा भएका किटाणुहरूको संवेदनशीलतालाई परिवर्तन गर्नुका साथै आन्द्राका सुजनलाई कम गरी एटोपिक डर्माटाइटिसमा सहयोग गर्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...