गर्भवतीले कफी पिउनु हानिकारक !  यस्तो छ, कारण

Garvabati mahila

काठमाडौं । गर्भावस्थामा के खाने, के नखाने, के गर्ने, के नगर्ने सबै कुरामा ख्याल राख्नुपर्छ । किनभने यो शरीरको एक संवेदनशिल चरण हो । यही चरणमा गरिने कतिपय गल्तीले गंभिर समस्या निम्त्याउन सक्छ ।

गर्भावस्थामा मदिरापान, धुमपान त बर्जित नै छ । गर्भवतीले मदिरा सेवन गर्दा धुमपान गर्दा त्यसको सोझो असर गर्भको बच्चाले झेल्नुपर्छ । यस्ता आमाबाट जन्मिएका बच्चाले जन्मजात रोग बोकेर आउँछ । त्यही कारण गर्भावस्थामा खानपानमा निकै सजग हुनुपर्छ ।

तर, मदिरा मात्र पनि होइन रहेछ, कफी समेत गर्भावस्थामा हानिकारक रहेछ । गर्भवती महिलाहरुले कफि पिउने वा नपिउने भन्ने बारेमा डाक्टरहरुको समेत फरकफरक विचार पाउन सकिन्छ ।

गर्भावस्थामा किन नपिउने कफी ?

गर्भावस्थामा दैनिक दुई कप सम्म कफी पिउँदा कुनै समस्या हुँदैन भन्ने धेरै चिकित्सकहरुको धारणा थियो । तर, हालै गरिएको एक अध्ययन अनुसार गर्भवती महिलाले कफी पिएमा गर्भपतनको खतरा बढ्छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार गर्भावस्थामा प्रतिदिन ३०० मिलिग्राम सम्म कफीको सेवनले स्वास्थ्यलाई कुनै हानी गर्दैन तर, स्विडेनमा हालै भएको एक अध्ययनको नतिजाले भने यस कुरालाई नकार्छ ।

स्विडेनको सहृलग्रेन्स्का विश्वविद्यालयका शोधकर्ताहरुको अनुसार गर्भावस्थाको क्रममा यदि कुनै महिलाले १०० ग्राम क्याफिनको मात्रै सेवन गरेमा पनि उनीहरुको शिशुको तौल २१ देखि २८ ग्राम सम्म घट्न सक्छ ।

सामान्य रुपमा कुनै नवजात शिशुको तौल ३.६ किलो हुनुलाई राम्रो मानिन्छ । शोधकर्ताहरुका अनुसार क्याफिनको सेवनले बच्चाहरुको तौल मात्रै होइन उनीहरुको उचाईमा पनि प्रभाव पार्छ । तर, अहिलेसम्म यस बारेमा उनीहरुले कुने तथ्य जुटाएका छैनन् ।

कफीले गर्भपतन ?

यस पहिले गरिएका केही अध्ययनमा पनि कफीको सेवनले गर्भपतनको खतरा बढ्ने बताइएको थियो । तर, यो निष्कर्श क्याफिनको धेरै मात्रामा आधारित थियो ।

यसलाई लिएर विवाद पनि धेरै भयो । अन्य शोधकर्ताहरुका अनुसार उक्त अध्ययनमा गर्भवती महिलाहरुले विहानै झेल्ने समस्यालाई नजरअन्दाज गरिएको थियो ।

गर्भावस्थामा हार्मोनको स्तर बढी हुनाले विहानै उल्टी हुने वा चक्कर आउँछ । त्यसले आम रुपमा गर्भपतनको खतरालाई कम गर्ने मानिन्छ । कफी पिउनाले यो लक्षण टाढा हुन सक्छ ।

यसैले पनि गर्भवती महिलाहरुलाई बिहान कफी वा क्याफिन सँग जोडिएका अन्य पेय पदार्थ नखानु नै राम्रो हुन्छ ।

यसै विषयमा गहिराइसम्म पुगेर अकल्याण्डका डाक्टर डिकुन लीको नेतृत्वमा शोधकर्ताहरुको एक टिमले अध्ययन गरे । यसमा पहिलोपटक गर्भवतीले बिहानै भोग्ने समस्यालाई पनि ध्यानमा राखिएको थियो ।

अध्ययनबाट डाक्टर लीको टिम प्रतिदिन २०० मिलिग्राम क्याफिन पिउनाले गर्भपातको खतरा बढ्ने नतिजामा पुग्यो । २०० मिलिग्राम क्याफिनको मतलब दुई कप कफी हुन्छ । त्यसैले गर्भवतीहरुले कफी नपिएकै राम्रो हुन्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...