कृत्रिम प्रविधिबाट पत्ता लाग्यो क्यान्सर बढ्नुको कारण, उपचारमा ठूलो सफलता

Cancer

काठमाडौं । वैज्ञानिकहरुले कृत्रिम प्रविधिबाट क्यान्सर बढ्ने कारण पत्ता लगाएका छन् । यसले क्यान्सरका डाक्टरलाई बिरामीको प्रभावकारी उपचार गर्न सहयोग पुग्ने उनीहरुको दावी छ ।

लण्डनको इन्ष्टिच्युट अफ क्यान्सर रिसर्च (आईसीआर) र युनिभर्सिटी अफ एडिनबर्गको टिमले मिलेर रिपिटेड इभ्योलुसन अफ क्यान्सर (रिभोल्भर) नामक नयाँ प्रविधिको खोज गरेका हुन् ।

यो प्रविधिले क्यान्सर लागेपछि डिएनएमा आएको परिवर्तनको प्याटर्नलाई रेकर्ड गर्छ । ट्युमरमा लगातार आइरहने परिवर्तन क्यान्सरको उपचारमा एक ठूलो चुनौती थियो । किनभने क्यान्सरहरु औषधीले ठीक नहुने खालका हुन्छन् अर्थात् औषधीको असर बन्द हुन्छ ।

तर, यदि डाक्टरले ट्युमर कसरी विकास हुन्छ भन्ने कुरा थाहा पाउन सकेमा उनीहरुले ट्युमर बढ्न भन्दा पहिले नै औषधीको असर बन्द हुनुअघि नै उपचार सुरु गर्न सक्छन् ।

यो प्रविधिले कसरी काम गर्छ ?

यो प्रविधिबाट डिएनए परिवर्तन दोहोरिने प्याटर्नले क्यान्सर थाहा पाउनमा सहयोग पुग्छ र फेरि उपचार पनि त्यसै अनुसार हुनेछ ।

शोधकर्ताहरुले स्तन क्यान्सर हुँदा ट्युमर बढ्नबाट रोक्ने पी ५३ प्रोटिनको जीनमा समस्या हुन्छ, त्यसपछि क्रोमोजोम ८ मा परिवर्तन हुन्छ भने यस्ता बिरामी लामो अवधि बाँच्दैनन् भन्ने कुरा पत्ता लगाए ।

अनुसन्धानकर्ताको टिमले नयाँ यान्त्रिक प्रविधि बनाएको छ, जसले एकै खालका बिरामीको ट्युमरको जानकारी दिन्छ ।

शोधकर्ताहरुले फोक्सो, स्तन, मिर्गौला र आन्द्राको क्यान्सरको लागि पछिल्लो अध्ययनका १७८ रोगीहरुको ७६८ ट्युमर नमूनाको परीक्षण गरेका थिए । प्रत्येक टयुमरको तथ्यांक क्यान्सर पत्ता लगाउन र हरेक क्यान्सरको परिवर्तनको तुलना गर्नको लागि प्रयोग गरेका थिए ।

प्याटर्न पत्ता लगाएपछि त्यसलाई क्यान्सर बायोलोजीमा उपलब्ध जानकारीसँग जोडेर वैज्ञानिकले ट्युमरको विकासको बारेमा पत्ता लगाउन सक्छन् ।

क्यान्सरको उपचारमा ठूलो सफलता

यो शोध ‘जनरल नेचर मेथड’मा प्रकाशित भएको छ । शोधकर्ता टिमका प्रमुख डाक्टर एन्ड्रिया सोट्टोरिवाका अनुसार यो प्रविधिको सहयोगमा डाक्टरले क्यान्सरको ‘ट्रम्प कार्ड’ हटाउन सफल हुनेछन् । अहिलेसम्म क्यान्सर कसरी बढ्छ यो थाहा पाउन मुश्किल थियो ।

उनले भने ‘यो प्रविधिले भविष्यमा क्यान्सरको सुरुवाती चरणमा नै हस्तक्षेप गर्न सकिन्छ र क्यान्सरमा अगाडि के हुनेवाला छ भन्ने थाहा पाउन सकिन्छ ।’

‘इन्ष्टिच्युट अफ क्यान्सर’ रिसर्चका प्रोफेसर पल वर्कम्यानले भने ‘क्यान्सरको विकास हाम्रो लागि यसको उपचारमा सबैभन्दा ठूलो चुनौती थियो ।’

यदि हामीले पहिले नै ट्युमर कसरी बढ्छ भनेर थाहा पाउन सक्यौं भने ‘ड्रग रेसिस्टेन्स’ हुन उपचारमा आवश्यक परिवर्तन गर्न सक्छौं अर्थात क्यान्सरभन्दा एक कदम अगाडि रहन सक्छौं ।

बीबीसीबाट अनुदित

प्रतिकृया दिनुहोस