ओम हस्पिटलको अध्यक्षमा पौडेल चयन

Uddhap paudel

काठमाडौं । ओम हस्पिटल एण्ड रिसर्च सेन्टरको अध्यक्ष पदमा उद्धब पौडेल चयन भएका छन् । हस्पिटलको सञ्चालक समितिको बैठकले पौडेललाई अध्यक्ष पदमा चयन गरेको हो ।

लामो समयदेखि अध्यक्ष रहेका डा. भोला रिजालले राजीनामा दिएपछि बसेको बैठकले पौडेललाई अध्यक्ष चयन गरेको हो ।

हस्पिटलको अध्यक्ष चयन भएपछि पौडेलले नेपालको स्वास्थ्य क्षेत्रमा विशिष्ट स्थान बनाएको ओम हस्पिटलले आगामी दिनमा जनस्वास्थ्यलाई ध्यान दिई उच्च प्रविधि भित्र्याउने प्रतिवद्धता जनाए ।

उनले गुणस्तर वृद्धिमा थप प्रभावकारी कार्यक्रम ल्याउने, असहाय र विपन्न समुदायलाई सहुलियत र निःशुल्क उपचारको व्यवस्था गर्ने र हस्पिटललाई केही समय भित्रै देशको नमुनालायक बनाउने प्रतिबद्धता पनि जनाए ।

पौडेल नेपालको चलचित्र क्षेत्रमा चार दशकदेखि सक्रिय छन् । चालिसको दशकको चर्चित फिल्म कुसुमे रुमालको निर्माण गरेका पौडेलले तीन दर्जन बढी चलचित्र निर्माण गरेका छन् ।

गोपीकृष्ण मुभिज, नेपाल चलचित्र विकास कम्पनी लगायतका संस्था स्थापना गरि नेपालको चलचित्र क्षेत्रमा क्रियाशील पौडेल उद्धब पौडेल फाउन्डेसनमार्फत सामाजिक कार्यमा पनि संलग्न हुँदैछन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...