सुत्केरीको मृत्युपछि स्थानीय आन्दोलित, स्वास्थ्य संस्थामा ताला

Talabandi

पाँचथर । सुत्केरी महिलाको मृत्यु भएपछि एक स्वास्थ्यचौकीमा तनाव सिर्जना भएको छ ।

जिल्लाको याङ्बरक गाउँपालिका–३ स्थित स्वास्थ्यचौकीमा उपचारमा लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै स्थानीय आन्दोलित बनेका छन् ।

स्थानीयले चिकित्सकको लापरबाहीले गर्दा सुत्केरीको अकालमै ज्यान गएको आरोप लगाएका छन् । याङ्बरक गापा–३ की सुत्केरी गीता देवान सेलिङको आइतबार स्वास्थ्य चौकीमै उपचारक्रममा ज्यान गएको थियो ।

सुत्केरीलाई ५ दिनअघि स्वास्थ्य संस्थामा भर्ना गरिएको थियो तर, स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीले लापरबाही गर्दा उनको मृत्यु भएको आफन्तले आरोप लगाउँदै आएका छन् ।

यता, स्वास्थ्यकर्मीले भने सुत्केरीलाई थप उपचारका लागि जिल्ला अस्पताल ल्याउँदै गर्दा ज्यान गएको दाबी गरेका छन् । तर, परिवार भने स्वास्थ्यचौकीको दाबी मान्न तयार छैनन् ।

यसैबीच, मृतक महिलाका पति समीर सेलिङले स्वास्थ्यचौकी इन्चार्ज जेतबहादुर शाही तथा अनमीद्वय सोनामी तामाङ र वर्षा गौतमका विरुद्ध किटानी जाहेरी दिने तयारी गरेका छन् । महिलाको मृत्युपछि स्थानीयले स्वास्थ्यचौकीमा तालाबन्दी गरेर कामकारबाही ठप्प पारिदिएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...