सुत्केरीको मृत्युपछि स्वास्थ्य चौकीमा तालाबन्दी

स्वास्थ्य चौकी

पाँचथर । स्वास्थ्य चौकीको लापरवाहीले सुत्केरीको मृत्यु भएको भन्दै पाँचथरमा सुत्केरीका आफन्त आन्दोलनमा उत्रिएका छन् । याङवरक गाँउपालिका–३ स्थित स्वास्थ्य चौकीमा सुत्केरीको मृत्यु भएपछि आफन्त आक्रोशित भएका हुन् ।

उनीहरुले चिकित्सकको लापर्बाहीका कारण सुत्केरीको मृत्यु भएको आरोप लगाएका छन् । याङवरक गाँउपालिका–३ का सुत्केरी गीता देवान सेलिङको आइतबार स्वास्थ्यचौकीमा मृत्यु भएको थियो ।

मृतकका आफन्त सन्तोष सेलिङका अनुसार सुत्केरीलाई यही भदौ १५ गते स्वास्थ्य संस्थामा लगिएको थियो । त्यहाँ कार्यरत स्वास्थ्यकर्मीले समयमै उपचारमा ध्यान नदिएपछि उनको मृत्यु भएको आफन्तको आरोप छ ।

स्वास्थ्यकर्मीले भने थप उपचारका लागि फिदिम ल्याउने क्रममा मृत्यु भएको दाबी गरेका छन् । मृतकका श्रीमान समीर सेलिङले स्वास्थ्यचौकी इन्चार्ज जेतबहादुर शाही तथा अनमीद्वय सोनामी तामाङ र वर्षा गौतमविरुद्ध किटानी जाहेरी दिने बताए । स्थानीयवासीले स्वाथ्य चौकीमा तालाबन्दीसमेत गरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...