महिलाहरु विवाहपछि मोटाउछिन् किन ? कारण यस्ता छन्

Mahilaa 1

काठमाडौं । प्रायः महिलाहरु विवाहपछि बढी मोटाउने गरेको पाइन्छ ।

एक अध्ययनका अनुसार विवाहको ५ बर्षपछि ८२ प्रतिशत जोडीहरुको तौल बढ्ने गर्दछ र मुख्य रुपमा महिलाहरुको तौल बढी बढ्ने गर्दछ । सबैजना जान्न चाहिरहेका हुन्छन् कि विवाहपछि तौल बढ्नुको कारण के होला ? हेर्नुहोस् यसको वास्तविक कारण :

हर्माेनमा बदलाब 
बैवाहिक जीवनको सुरुवातसँगै केटीहरुमा कयौँ प्रकारका इमोशनल र हर्माेनल बदलाव आउने गर्दछ । यसका साथै आफूलाई सुरक्षित राख्नका लागि गर्भ निरोधका चक्कीहरु प्रयोग गर्ने गर्दछन् । जुन मोटोपन बढाउने एउटा कारक तत्व बन्ने गर्दछ ।

लापरवाही 
विवाहभन्दा पहिले केटीहरु आफ्नो लुक्स र तौलमा बढी ध्यान दिने गर्दछन् । तर विवाहपछि उनीहरु आफ्नो जिन्दगीमा यति व्यस्त हुने गर्दछन् र आफ्नो हेरचाह गर्न उनीहरुलाई समय नै हुदैन ।

निन्द्राको कमी
विवाहपछि केटीहरुको स्लिपिङ प्याटर्न नै बदलिने गर्दछ । कहिलेकाहीँ त उनीहरुले पर्याप्त निदाउन पनि पाउँदैनन् । केटीहरुको तौल बढ्ने मुख्य कारण नै यही हो ।

प्राथमिकता बदलिनु 
विवाहपछि केटीहरुको प्रथमिकता पनि बदलिने गर्दछ । उनीहरुले पति र परिवारका अन्य सदस्यहरुको हिसाबले रुटीन बनाएर काम गर्ने गर्दछन् । यसकारण उनीहरुलाई आफ्नो बारेमा सोच्ने समय नै मिल्दन र तौल बढ्ने गर्दछ ।

बाहिरको खाना खानु 
विवाहपछि नवविवाहित जोडीहरु प्राय डिनरका लागि बाहिर जाने गर्दछन् । जसबाट अत्याधिक मात्रामा क्यालोरी बढी महिलाहरुको पेटको एरिया बढ्ने गर्दछ ।

उमेर
आजकलका मानिहरु छिट्टै नै विवाह गर्ने गर्दछन् । अध्ययनका अनुसार ३० बर्षको उमेरपछि मानिसहरुको शरिरमा मेटाबोलिक रेट कम हुने गर्दछ । जसले गर्दा शरिरको तौल बढ्ने गर्दछ ।

गर्भाधारण
महिलाहरुको तौल बढ्ने एउटा मुख्य कारण गर्भाशय पनि हो । बच्चा जन्माएपछि उनीहरु आफ्नो बच्चाको हेरचाहमा नै बढी ध्यान दिने गर्दछन् र आफ्ना बारेमा सोच्नका लागि उनीहरुसँग समय नै हुदैन ।

टीभी हेर्नु 
विवाहपछि महिलाहरु बढी समय टीभी हेर्नमा बिताउने गर्दछन् । उनीहरुको समय परिवारका नयाँ सदस्यहरुसँग गसिप गर्दैमा बित्ने गर्दछ । जसले गर्दा उनीहरु आफ्नो तौलका बारेमा सोच्दैनन र मोटोपन बढ्ने गर्दछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...