चिकित्सकसँग भयो ३ बुँदे सहमति, अस्पताल बन्द फिर्ता

Doctor news

काठमाडौं । आन्दोलनरत चिकित्सक संघ र सरकारबीच पाँच बुँदे सहमति भएको छ । सो सहमतिसँगै अस्पताल बन्दका कार्यक्रम फिर्ता भएको छ ।

सरकार र नेपाल चिकित्सक संघ बीचको वार्तामा मुलुकी अपराध ऐन ३ बुँदामा संशोधन गर्ने सहमति भएको छ । मुलुकी अपराध ऐनका बुँदा संशोधनका विषयमा समान धारणा बनाएपछि संघले अस्पताल बन्दको कार्यक्रमलाई आगामी सोमबारसम्मका लागि स्थगित गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा सुरेन्द्र यादव र नेपाल चिकित्सक संघबीच सोमबार भएको वार्तामा संघले उठाएका माग सम्वोधन गर्ने प्रक्रिया अघि बढाउन सरकार तयार भएको हो ।

चिकित्सक तथा स्वास्थ्यकर्मीको पहुँच गाउँगाउँसम्म पुगिसेकेको सन्दर्भमा विना शैक्षिक योग्यता तथा विना दर्ता उपचारमा संलग्न भएमा बिरामीको ज्यान जोखिममा पर्न सक्ने हुँदा दफा २३० को उपदफा खारेज हुनुपर्नेलगायत चिकित्सकले भने अनुसार ऐन संसोधनका लागि सरकार तयार भएको हो ।

ऐन संशोधनको विषय संसदको कार्यक्षेत्रभित्र भएका कारण सहमितका बुँदा मन्त्रीपरिषद्बाट पास भएर संसदमा जाने निश्चित भएपछि मात्र आन्दोलनका सबै कार्यक्रम स्थगित हुने संघका महासचिव डा. लोचन कार्कीले जानकारी दिए ।

उनले संशोधन गर्नुपर्ने बुँदामा सहमति भएको जानकारी दिए । उनका अनुसार संघले अन्य दबाबका कार्यक्रम भने यथावत नै राखेको छ ।

शुक्रबारदेखि अस्पतालको आकस्मिक बाहेकको सेवा बन्द गर्ने कार्यक्रमलाई भने सोमबारसम्म सारिएको डा कार्कीले जानकारी दिए । उनले सोमबार मन्त्रीपरिषदबाट सहमति पास भएन भने पुनः अस्पताल बन्द हुने बताए ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...