जनताको स्वास्थ्य अधिकारप्रति गम्भीर बन्न इन्सेकको आग्रह

Insec

काठमाडौं । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले जनताको स्वास्थ्य उपचार पाउने अधिकारको रक्षा गर्न स्वास्थ्यकर्मीलाई आग्रह गरेको छ ।

इन्सेकका अध्यक्ष सुवोधराज प्याकुरेलले सोमबार प्रेस विज्ञप्ति प्रकाशित गरी नेपाल चिकित्सक सङ्घले अस्पतालको आकस्मिक बाहेकका ल्याब, रेडियोलोजी, प्रशासन गरी सबै ठप्प पारी भदौ १७ गतेदेखि विरोधमा उत्रिएकोमा आफ्नो संस्था गम्भीर रहेको बताएका छन् ।

उनले उक्त आन्दोलनबाट देशभरका बिरामी उपचार सेवाबाट बञ्चित भएकोमा चिन्ता व्यक्त गर्दै लापरवाही गरेको प्रमाणित भएपछि पनि दण्डित हुनु नपर्ने पेशा चिकित्सा क्षेत्र पक्कै होइन भने ।

उजुरी आउने वित्तिकै चिकित्सक थुनामा पर्ने होइन, त्यसका लागि लापरवाही गरिएको तथ्य पत्ता लगाउने निकाय भएको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, “अत्यावश्यक सेवा सञ्चालन ऐनमा स्वास्थ्य सेवा बन्द गर्न नपाइने व्यवस्था भएको र स्वास्थ्य सेवा बन्द गर्ने जस्तो अमानवीय कार्य नेपालको संविधान र कानूनको ठाडो उल्लङ्घन हुने उल्लेख छ ।”

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...