आज चिकित्सकले सबै प्रशासनिक काम बन्द गर्ने

Doctors strike

काठमाडौं । चिकित्सकहरुले आइतबार आकस्मिक बाहेक देशभरका स्वास्थ्य सेवा बन्द गरेका चिकित्सकहरुले आज सोमबार देशभरका स्वास्थ्य संस्थाका प्रशासनिक कामहरु बन्द गर्ने भएको छ ।

आइतबार नै भदौ १ देखि लागू भएको नयाँ मुलुकी ऐन संशोधन गर्न माग गर्दै पाँच हजार भन्दा बढी चिकित्सकहरुले आफ्नो लाइसेन्स नेपाल मेडिकल काउन्सिलमा बुझाएका थिए ।

मुलुकी अपराध (संहिता) ऐन २०७४ र मुलुकी फौजदारी कार्यविधि ऐन २०७४ निर्माण गरी नेपालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई अपराधीको व्यवहार गरेको चिकित्सक नेपाल चिकित्सक संघको ठहर रहेको छ ।

त्यसैका आधारमा भदौ १ देखि लागू गरेको मुलुकी ऐनले बिरामीहरुको सहज उपचारमा कठिनाई उत्पन्न भएको भन्दै चिकित्सकहरुले आइतबार आकस्मिक बाहेक देशभरका स्वास्थ्य सेवा बन्द गरेका थिए ।

आन्दोलनकै क्रममा संघले मंगलबारदेखि आकस्मिक बाहेकका अन्य अन्तरंग सेवामा विरामी भर्ना गर्ने कार्य बन्द गर्ने, बुधबारदेखि आकस्मिक सेवाबाहेकका अन्य अपरेसनहरु बन्द गर्ने, बिहीबारदेखि आकस्मिक सेवा बाहेकका ल्याब तथा रेडियोलोजी सेवाहरु बन्द गर्ने र शुक्रबारदेखि आकस्मिक बाहेकका ओपिडीलगायत सम्पूर्ण स्वास्थ्य सेवाहरु संघका मागहरु सम्बोधन नभएसम्म बन्द गर्ने भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...