स्वास्थ्य राज्यमन्त्रीको यस्तो छ गुनासो : चिकित्सकहरुले हामीसँग छलफल नै गरेनन्

Minister yadav

काठमाडौं । नेपाल चिकित्सक संघले आइतबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सबै सेवा ठप्प पारे । १ गतेदेखि लागू भएको मुलुकी अपराध संहिताको विरोधमा आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेका हुन् ।

सो संहिताको विरोधमा संघले आज दुई घण्टा काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रर्दशन पनि गरेको छ । तर, आइतबार स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवले चिकित्सक तथा स्वास्थ्यकर्मीहरु आफूहरुसँग कुनै छलफलनै नगरी आन्दोलनमा उत्रिएकोमा दुःखेसो पोखेका छन् ।

‘चिकित्सकहरुको माग भनेको त स्वास्थ्य मन्त्रालयसँग प्रत्यक्ष असर पर्ने कुरा हो, उहाँहरुले हामीसँग छलफल गर्नुपर्ने थियो । तर, त्यसो गर्नुभएन’ उनले भने, ‘हामीले नेपाल चिकित्सक संघका अध्यक्षलाई वार्ता तथा छलफलको लागि पनि आह्वान गरेका थियौं । तर, उहाँहरु छलफलमै आउनुभएन ।’

आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको कार्यक्रममा मन्त्री यादवले आन्दोलनमा उत्रिएका चिकित्सकहरुलाई तत्काल आन्दोलन फिर्ता गरी वार्ता तथा छलफलमा आउन आग्रहसमेत गरे । ‘चिकित्सकहरुले आन्दोलन फिर्ता लिनुपर्छ । हामी उहाँहरुसँग वार्ता तथा छलफलको लागि सहजीकरण गर्न तयार छौं’ उनले भने, ‘चिकित्सकहरुले अघि सारेका मागबमोजिम कानुनमा त्रुटि भए त्यसलाई सच्याउन सरकार तयार छ ।’

‘उहाँहरुले अहिले आन्दोलन नै गर्नुपर्ने अवस्था थिएन’ मन्त्री यादवले भने, ‘ यदि उहाँहरुले यो विद्येयक हेरेको भए आन्दोलनमा जानु हुने थिएन ।’ उनले विधेयकको ४७ नम्बरमा कसुरको बारेमा लेखिएको छ भने ४८ मा सजाय के हुने भन्नेबारे पनिस्पष्ट लेखिएको दावी गरे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...