आजदेखि बन्द हुँदैछ देशभरका स्वास्थ्य सेवा

Hospital 18

काठमाडौं । चिकित्सकहरुको छाता संगठन नेपाल चिकित्सक संघको अगुवाईमा आजदेखि देशभरका स्वास्थ्य सेवा बन्द गर्ने भएका छन् ।

भदौ १ देखि लागू गरेको मुलुकी अपराध (संहिता) ऐन २०७४ र मुलुकी फौजदारी कार्यविधि ऐन २०७४ विरामीहरुको सहज उपचारमा कठिनाई उत्पन्न भएको भन्दै चिकित्सकहरुले आजदेखि देशभरका स्वास्थ्य सेवा बन्द गर्न लागेका हुन् ।

सरकारलाई सच्याउन आग्रह गर्दै सांकेतिक रुपमा एक दिनका लागि कुनै पनि स्वास्थ्य संस्थाबाट ओपिडी सेवा नदिने चिकित्सक संघले जनाएको छ । आकस्मिक स्वास्थ्य सेवा भने संचालन हुनेछ ।

मुलुकी अपराध (संहिता) ऐन २०७४ र मुलुकी फौजदारी कार्यविधि ऐन २०७४ निर्माण गरी नेपालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई अपराधीको व्यवहार गरेको चिकित्सक संघको ठहर रहेको छ ।

संघले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयबाट विवादित दफा तथा उपदफाहरुमा संशोधन गर्ने प्रतिबद्धता जारि गरेका कारण भदौ १५ गतेसम्म संशोधन प्रक्रियाका लागि आन्दोलन स्थगित गरिएको थियो ।

ऐन संशोधनको प्रकृया अगाडी नबढाएको तथा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ एवं नियमावली २०६९ बनिसके पनि चिकित्सक तथा स्वास्थ्यकर्मी माथि आक्रमणका घटना दिनानुदिन बढिरहेकोले यस्ता घटनामा संलग्न दोषीलाई कारबाही गर्नका लागि बिना धरौटी जेल चलानको प्रावधान थप नगरिएको विद्यमान अवस्थामा स्वास्थ्य सेवा संचालन गर्न नसक्ने उनीहरुको ठहर छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...