बिप्लव नेतृत्व नेकपाका इञ्चार्ज सुमनसहित ११ पक्राउ

Pagal haru

बिर्तामोड । बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका मेची अञ्चल व्युरो इन्चार्ज तथा केन्द्रीय सदस्य सन्तोष पतंवा (सुमन) सहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

इलामको सूर्योदय नगरपालिकास्थित समालबुङ( ५ बाट प्रहरीले बुधबार ताप्लेजुङको खेजेनिम घरभएका सुमनसहित ११ जनालाई पक्राउ गरिएको हो ।

इलाम, ताप्लेजुङ र झापाका नेता कार्यकर्ता पक्राउ परेको प्रहरीले बताए पनि नाम सार्वजनिक गरेको छैन । अञ्चलस्तरीय भेलाको तयारी गरिरहेको भन्ने सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रमुख एसपी माधवप्रसाद श्रेष्ठले बताए ।

मेची अञ्चल ब्युरो इञ्चाज सुमनसँगै छ जना केन्द्रीय सदस्य पक्राउ परिसकेको नेकपाले जनाएको छ । यसअघि देवनारायण शाह, दिपेश राई किरण राई, चन्द्रवहादुर खड्का र टेकबहादुर केसी पक्राउ परेको नेकपाको दाबी छ ।

प्रतिकृया दिनुहोस