हात्तीको आक्रमणबाट एकको मृत्यु

Hati

चितवन । हात्तीको आक्रमणबाट चितवन एक कर्मचारीकोे मृत्यु भएको छ ।

मोती प्रसाद ‘ख’ नामको हात्तीलाई घाँस काट्न हात्तीसँगै गएका माहुते मुखरीलाल सरदारलाई

हात्तीले आक्रमण गरेको हो । सुनसरीको कोशी गाउँपालिका–८ स्थित कुशहनी निवासी २७ वर्षीय सदरदार भदौ ५ गते माहुतेमा करारमा नियुक्त भएका थिए ।

सरदारलाई आज बिहान हात्तीले सुढले हानेर मारेको चितवन प्रहरीले बताएको छ । उनीसँगै गएका अर्का कर्मचारीले भने रुखमा चढेर ज्यान जोगाएका थिए ।

प्रतिकृया दिनुहोस