कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठानलाई गोठीचौरले बनाए लोडसेडिङमुक्त

Karnali

जुम्ला । लोडसेडिङबाट हैरानी बेहोरिरहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल मङ्गलबारदेखि लोडसेडिङमुक्त भएको छ ।

प्रतिष्ठानलाई गोठीचौर गाउँपालिकास्थित नौमुले लघु जलविद्युत् आयोजना देपालगाउँले १५ किलोवाट विद्युत सहयोग गरेको छ । अब प्रतिष्ठानमा २४ सै घण्टा बिजुली बल्ने भएको छ ।

गाउँपालिकाका अध्यक्ष हरिबहादुर भण्डारी र प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेबीच सम्झौता भएको छ । मंगलबार सम्झौतापत्रमा हस्ताक्षर गर्दै रजिष्ट्रार काफ्लेले विद्युत् अभाव हुँदा अपेक्षाअनुसार स्वास्थ्य सेवा दिन जानकारी दिँदै अब सहज हुने बताए । ‘

खासगरी विद्युत् सेवा प्रभावकारी नहुँदा ठूला शल्यक्रिया गर्न जटिल भएको थियो । विद्युत् नियमितताले सरलता आउनेछ’ काफ्लेले भने । सम्झौताअनुसार प्रतियुनिट १० रुपैयाँ प्रतिस्ठान तिर्नेछ ।

विद्युत आपूर्तीले आइसीयु, सिटी स्क्यान, रक्त सञ्चार केन्द्र, अक्सिजन प्लान्ट सञ्चालनमा सहजता आउने अपेक्षा अस्पतालले गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...